Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १७६ पटक पढिएको
कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

पछिल्लो २४ घण्टामा देशका २१ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुसार ती जिल्लामा २२६ जनामा संक्रमण पुष्टि भएको छ।
दैलेखमा ४१, कपिलवस्तुमा ४०, सर्लाहीमा ३८, जुम्लामा १९, रौतटहमा १८, कैलालीमा १४, सल्यानमा १०, दाङमा ९, बाँकेमा ७, धनुषामा ७, सिरहामा ५, सुर्खेतमा ५, नवलपरासीमा ३, महोत्तरीमा २ र झापामा २ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तैै मकवानपुर, उदयपुर, अछाम, बैतडी, डोटी र कञ्चनपुरमा एक/एक जना गरेर पछिल्लो २४ घण्टामा देशैभर २२६ नयाँ संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार कञ्चनपुरमा संक्रमण देखिएकी ११ महीने बालिकामा हुन्।
विराटनगरमा भएको परीक्षणमा झापाका २ जनामा पोजिटिभ देखिएको छ।
पोखरामा भएको परीक्षणमा नवलपरासीका ३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा पोजिटिभ देखिएको छ। जसमा दैलेखका २४ र जुम्लाका १८ जना रहेका छन्।
सुर्खेतमा भएको परीक्षणमा दैलेखका १७, सल्यानका १० र सुर्खेतका ५ गरी ३२ जनामा पोजिटिभ देखिएको हो। मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धुलिखेलमा गरिएको परीक्षणमा कलिवस्तुका २, रौतहटका १८ जनामा पोजिटिभ देखिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९२ जनाको पोजिटिभ देखिएको छ। धनुषाका ७, कपिलवस्तुका ३८, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५ र उदयपुरका १ जनामा पोजिटिभ देखिएको छ।
यस्तै, सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १८ जनामा पोजिटिभ देखिएको छ। कैलाली १४ तथा अछाम, बैतडी, डोटी र कञ्चनपपुरमा १÷१ जनामा संक्रमण देखिएको हो।  यस्तै, भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा बाँकेका ७ जनामा कोरोना पोजिटिभ देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङका ९ जनामा पोजिटिभ देखिएको छ।
अहिले प्रदेश नम्बर १ मा १३८, प्रदेश नम्बर २ मा ५८९, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा २३ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन्। यस्तै, प्रदेश ५ मा ५७०, कर्णाली प्रदेशमा १९७ र सुदूरपश्चिम प्रदेशमा ३७ जना गरी एक हजार ५६९ जना संक्रमित उपचाररत रहेको प्रवक्ता डा. देवकोटाले बताए।
देशभरीका विभिन्न अस्पतालमा उपचाररत २२१ जना उपचारपछि कोरोनामुक्त भएर घर फर्किएका छन्। अहिलेसम्म पीसीआर विधिबाट ७१ हजार ९०३ र आरडीटी विधिबाट एक लाख १३ हजार ७५७ जनाको नमुना परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ३१० र आरडीटी २ हजार ६४८ जनाको नमूना परीक्षण भएको छ। देशभरी क्वारेन्टाइनमा एक लाख ३३ हजार ९७५ जना रहेका मन्त्रालयले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल