FLASH NEWS
  • Loading...

म्याग्दीमा कोरना संक्रमण रोकथाम सावधानी फितलो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १७८ पटक पढिएको
म्याग्दीमा कोरना संक्रमण रोकथाम सावधानी फितलो

कोरना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारी कार्यालयदेखी सर्वसाधारण कसैले पनि आधारभुत सर्तकता अपनाएका छैनन ।
स्थानीय तहमा रहेका गाउँपालिका कार्यालय तथा सेवा कार्यालयमा कोरना संक्रमण रोक्न मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, स्यानीटाईजर प्रयोग गर्ने, सावुने समय समयमा हात धुने समेतका आधारभुत रोकथामका सावधानीका उपाय अवलम्बन गरिएको छैन । सावधानी अपनाउन आनाकानी गर्नेमा सर्वसाधारण मात्र होईन प्रमुख, उप्रमुख समेत जनप्रतिनिधी, सुरक्षाकर्मी, कर्मचारी र सामाजिक अगुवाहरु छन ।
लकडाउनको समयमा पनि स्थानीय तहमा धमाधम योजनाहरुको सम्झौता गर्ने, भुक्तानी लिने, योजना अनुगमन गर्ने, विभिन्न मुद्धा किनारा लगाउने काम भैरहेको छ । नगरपालिका/गाउँपालिकामा दैनिक सयौंको संख्यामा सेवाग्राहीको भीड लाग्ने गरेको देखिन्छ । तर कार्यालयमा न कर्मचारी न सेवाग्राही कसैले पनि हात धुने, मास्क लगाउने गरेको देखिएन । गाउँभरी कसैले पनि यस्ता सावधानी अपनाएको देखिएन । ग्रामिण भेगम कसैले मास्क लगाएको, स्यानीटाईजर प्रयोग गरेको देख्दा स्थानीयले उल्टो खिल्ली उडाउने समेत गरेका छन ।
‘लकडाउनको सुरु सुरुमा सवैले कडाई नै गरे । जनताले पनि निक्कै होसियारी देखाए तर पहुँका भरमा सहरबाट धमाधम मान्छे गाउँ छिरेपनि विस्तारै कोरना विर्सेजस्तो कसैले पालना नै गर्न छोडेका छन । नियमनपनि फितलो भएको छ’ मालिका गाउँपालिा अध्यक्ष श्रीप्रसाद रोका मगरले भने, ‘समुदायमा  एक्लै मास्क लगाउँदा अलि नमिले जस्तो लाग्ने रहेछ । अहिलेसम्म समुदायमा ननिक्लेको र बाहिरबाट नयाँ मान्छे नआउने भएकोले पनि समुदाय सुरक्षित भएको ठानेको छ ।’
सर्वसाधारण र कार्यालयहरुमा मात्र होईन, लक डाउनका समयमा वस्तीमा खाद्यान्न, निर्माण सामाग्री समेत अत्यावश्यक वस्तु वोक्न पास लिएका सवारी साधनको पनि चरम दुरुपयोग हुने गरेको छ । यस्ता सवारी साधनले प्रचलित भाडादर भन्दा महंगो भाडा लिने, क्षमताबढी यात्रु बोक्ने गरेका छन । सडकका चेकजाँच गर्ने सुरक्षाकर्मीको फितलो नियमन छ । यी सवारी साधनका चालक, सहचालक र यात्रुले पनि मास्क नलगाउने गरेको देखियो । सवारी चेकजाँच गर्न खटिएका प्रहरीहरुले समेत मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने समेतका आधारभुत सावधानीका उपाय देखिदैन ।
‘सडकमा सार्वजनिक यात्रुबाहक गाडी चल्दैन, स्कुल खुलेका छैनन । यत्ति हो लक डाउनको पालना । हिलोधुलोमा काम गर्ने कृषकलाई सामाजिक दुरी, मास्क लगाउने कुरा ब्यवहारिक नहुने रहेछ । सवैले सहर झर्दा लगाउँछन, घरमा यस्तै हो’ धौलागिरी गाउँपालिका, ७ ताकमबाट उपचारबाट बेनी झरेका कृष्ण भण्डारीले भने, ‘जनप्रतिनिधी, कर्मचारी, प्रहरी सवैले मास्क लगाउने भए हामी जनतालाई पन लगाउनै पर्ने रहेछ भन्ने हुन्थ्यो होला, कसैले पनि सावधानी नअपनाउँदा चासो नै हुन्न ।’
सदरमुकामका सरकारी, निजी क्षेत्र, वैक, वित्तिय संस्था र अन्य निकायको कार्यालयबाहिर सानो वाल्टिनमा पानी र सावुन राखिएको भएपनि कार्यालय भित्र न कर्मचारीले न सेवाग्राहीले मास्क लगाउनु पर्ने शुन्य सचेतना देखियो । कोरना नियन्त्रण तथा रोकथाममा प्रमुख जिम्मेवारी रहेको बेनी नगरपालिका, वडा कार्यालयहरुमा पनि कसैले यस्तो सावधानी अपनाएको देखिँदैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल