- Loading...
पर्यटन क्षेत्रलाई बजेटमार्फत पुनर्जीवन दिन माग
- पुनहिल डट कम
- ५ साल अघि
- १८६ पटक पढिएको

सरकारको नीति तथा कार्यक्रमले अाफ्नो माग वेवास्ता गरेको भन्दै पर्यटन व्यवसायीले बजेटमार्फत अल्पकालिन र दिर्घकालीन िबशेष कार्यक्रम ल्याएर कोरोनाले धरासायी बनाएको पर्यटन क्षेत्रलाई राहत दिन माग गरेका छन् ।
१२ वटा पर्यटन सम्बद्ध छाता संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरी सरकारको नीति तथा कार्यक्रममा महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिने खालको कुनै कार्यक्रम नआएकोमा गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
‘नीित तथा कार्यक्रममा नयाँ नयाँ याेजनाहरु अाएपनि महामारीको कारण िबस्थािपत अवस्थामा पुगेको पर्यटन व्यवसायीलाई पुर्नउत्थान गर्ने कुनै पनि ठोस याेजनाहरु घोषणा नगिरएकोमा हामी व्यवसायीलाई मर्माहत अक्रान्त र िनरास बनाएको छ’ िवज्ञप्तिमा भनिएको छ ।
साथै व्यवसायीले सरकारले आव्हान गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउनका लागि अर्वाै रुपैयाँ थप लगानी गरेकोमा महामारीले जर्जर बनाएको उल्लेख गरेका छन् । साथै महामारीको कारण मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको खर्वौं रुपैयाँको लगानी डुब्ने अवस्थामा रहेको पनि उल्लेख गरेका छन् ।
‘कोरोना महामारीले निम्त्याएको जरजर अवस्थाबाट जोगाउनु राज्यको प्रमुख दाियत्व पनि हो’, विज्ञप्तिमा भनिएको छ, ‘महामारीको प्रभावको प्रारम्भमा नै क्षती व्यहोर्न पुगेको तथा पुन सामान्य अवस्थामा फर्कन समेत अन्य व्यवसाय भन्दा िनक्कै लामाे समय लाग्ने हुँदा पर्यटन व्यवसायलाई यो महासंकटबाट बचाउन हारगुहार गरिरहेको पर्यटन व्यवसायीहरुको बलियो साहारा बन्नबाट राज्य पछि नहटोस् ।’

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
