- Loading...
ढुङ्गा प्रहारगरी बाबुको हत्या
- पुनहिल डट कम
- ५ साल अघि
- २२७ पटक पढिएको

आर्थिक विषयमा बाबु–छोरा विच विवाद हुँदा बेनी नगरपालिका, १ रत्नेचौर सीमका कुमार थापा मगर (२१)ले बाबु मीनबहादुर थापा (४९)लाई ढुङ्गा प्रहार गरी हत्या गरेका छन ।
शनिवार राती १० बजे बाबुछोरा विच घरमै आर्थिक विषय र पारिवारिक विषयमा विवादहुँदा कुमारले बाबुको टाउकोमा ढुङ्गा प्रहार गरेपछि गम्भीर घाईते मीनबहादुरलाई छिमेकीले राती नै बेनी अस्पताल पुर्याएका थिए । जिल्लामा उपचार नहुने भएपछि घाईतेलाई पोखरा स्थित मणीपाल शिक्षण अस्पताल पुर्याईएकोमा आईतवार दिउँसो ४ बजे उपचारक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाबुको अनुमति विना विभिन्न वित्तिय संस्थाहरुबाट लाखौं ऋण लिएर नतिरेपछि बाबुछोरा विच लामो समयदेखी मनमुटाव भै झगडा हुने गरेको छिमेकीहरुले जनाएका छन ।
‘बाबुलाई ढुङ्गा प्रहारगरी हत्या गर्नेलाई आईतवार साँझ नै घर नजिकै लुकेको अवस्थामा नियन्त्रणमा लिएर थप अनुसन्धान थालेका छौं’ जिल्ला प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले भने, ‘आर्थिक कारण नै मुख्य विवादको मुख्य कारण देखिएको छ । बाँकी अनुसन्धान भैरहेको छ ।’

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
