- Loading...
काठमाडौका म्याग्देलीले पठाए स्वास्थ्य सामग्री
- पुनहिल डट कम
- ५ साल अघि
- १६८ पटक पढिएको

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) रोकथाम र नियन्त्रणका लागि म्याग्दीमा नागरिक स्तरबाट स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ ।
काठमाण्डौ वस्दै आएका म्याग्देलीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत शुक्रवार स्थानीय तह, बेनी अस्पताल र स्वास्थ्य संस्थालाई तीन लाख ५० हजार मुल्य वरावरका पिपिई, स्यानीटाईजर, सर्जिकल माक्स, एन ९५ मास्क र ग्लोब्स आदी ब्यक्तिगत स्वास्थ्य सुरक्षा उपकरण सहयोग पठाएका हुन ।
जिल्लाका ४५ वडा र वेनी अस्पताललाई पिपिई सेट १५ थान, पिपिई १, सुकभर १ पियर, एन ९५ मास्क, सर्जिकल मास्क, फेस सिल्ड, सर्जिकल ग्लोब्स एक पियर उपलब्ध गराइएको छ । बेनी अस्पताललाई थप ९५ थान पिपिई सेट उपलब्ध गरिएको छ ।
‘जिल्लामा कोभिड–१९ का विरामी नदेखिएपनि संक्रमणको जोखिम हटेको छैन । कोरना भाईरस संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकार एक्लेलै मात्र सक्दैन । हामी नागरिकले पनि जहाँ जस्ले जे सक्छौं त्यहाँ सोही अनुसार हातेमालो गर्न तत्पर भएका हौं’ ब्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गर्न आएका टोलीका सदस्य उमबहादुर पाईजाले भने, ‘हामी यी उपकरण प्रयोग गर्नु परोस भन्ने चाहन्नौं तर आवश्यक पर्दा उपकरण नभएकै कारणले रोगको उपचारमा जुट्न सजिलो हुने विश्वास गरेका छौं ।’

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
