Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

उदयपुर थप ८ जनाको कोभिड-१९ रिपोर्ट पोजिटिभ, भेरिफाइ हुँदै

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०० पटक पढिएको
उदयपुर थप ८ जनाको कोभिड-१९ रिपोर्ट पोजिटिभ, भेरिफाइ हुँदै

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केबस्तीका थप आठ जनाको विराटनगर प्रयोगशालामा गरिएको कोभिड-१९ परीक्षण नतिजा पोजिटिभ देखिएको छ।

एकैपटक १३ जना संक्रमित देखिएको उदयपुर त्रियुगा नगरपालिका-३ भुल्केबस्तीको मस्जिद वरपरका उनीहरूको थ्रोट स्वाब नमूना परीक्षणको क्रममा पोजिटिभ आएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रयोगशालामा पुन: जाँच गर्न लागिएको छ।

६ गते नमूना संकलन गरिएका ६९ जनाको परीक्षण गर्दा कोशी अंचल अस्पतालको ल्यावमा आठजनाको नतिजा पोजिटिभ आएको प्रदेश १ का कोभिड-१९ सूचना केन्द्र एवं मोरङ जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए।

“भेरिफाइ रिजल्ट नआएसम्म यकिन गर्ने कुरा आउँदैन। हामीले आठजनालाई विराटनगर ल्याएर आइसोलेसनमा राखेका छौं। उहाँहरूको स्वास्थ्य सामान्य छ”, बस्‍नेतले जानकारी दिए।

त्यहाँका ६९ घरका एक/एक जनाको नमूना संकलन गरेर विराटनगर लगिएको थियो। त्रियुगा नगरपालिका-३ भुल्केका वडा अध्यक्ष अवधेशकुमार चौधरीका अनुसार उनीहरू आठैजनालाई आज बिहानै एम्बुलेन्समा हालेर विराटनगर लगिएको छ।

कोभिड-१९ का बिरामी भेटिएपछि सिल गरिएको भुल्केबस्ती र आसपासको क्षेत्रमा दुई दिनअघिबाट नेपाली सेनाको चिकित्सक टोलीले थ्रोट स्वाब नमूना संकलन गरिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल