Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

कोरोना अपडेट : संक्रमित संख्या २२ लाख ४३ हजार, मृत्यु १ लाख ५४ हजार

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९७ पटक पढिएको
कोरोना अपडेट : संक्रमित संख्या २२ लाख ४३ हजार, मृत्यु १ लाख ५४ हजार

महामारीको रुप लिएको कोरोना भाइरसबाट विश्वभर २२ लाख ४३ हजार बढी मानिस संक्रमित भएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २२ लाख ४३ हजार पाँच सय १२ पुगेको छ ।
कोरोनाबाट संक्रमितको संख्या बढ्दै जाँदा मृत्यु दर पनि बढी रहेको छ । विश्वभर शनिबार बिहानसम्ममा १ लाख ५४ हजार २ सय ९ जनाको मृत्यु भएको छ । पछिल्लो केही हप्ता यतादेखि कोरोनाको इपि सेन्टर बनेको अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या ३७ हजार नाघेको छ । यस्तै, संक्रमितको संख्या पनि ७ लाख एक हजार ४ सय बढी पुगेको छ ।
कोरोनाबाट प्रभावित युरोपेली मुलुक इटालीमा २२ हजार ७ सय ४५ जनाको ज्यान गएको छ भने संक्रमित संख्या १ लाख ७२ हजार नाघेको छ । यसैगरी, स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ । त्यहाँ १ लाख ९० हजार ८ सय बढी संक्रमित भएका छन् । यस्तै, फ्रान्समा १८ हजार ७ सय जनाको ज्यान गएको छ भने १ लाख ४९ हजार बढी संक्रमित भएका छन् ।
जर्मनीमा ४ हजार ३ सय ५२ को मृत्यु हुँदा बेलायतमा १४ हजार ६ सय जनाको ज्यान गएको छ । कोरोना रोकथाममा सफलता पाउँदै गएको चीनमा भने ४ हजार ६ सय ३६ जनाको मृत्यु भएको छ । भारतमा पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढी रहेको छ । भारतमा हालसम्म ४ सय ८६ जनाको मृत्यु भएको छ भने १४ हजार ३ सय बढी मानिसमा संक्रमण देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल