Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूलाई भने- ‘लकडाउन छिट्टै अन्त्य हुँदैन, सीमामा अझ कडाइ हुन्छ’

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०१ पटक पढिएको
प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूलाई भने- ‘लकडाउन छिट्टै अन्त्य हुँदैन, सीमामा अझ कडाइ हुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन लम्बिने बताएका छन्। उनले लकडाउन छिट्टै अन्त्य नहुने र सीमा नाकामा अझ अडाइ गरिने बताएका हुन्।
आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्नुको अर्काे विकल्प नै नरहेको स्पष्ट पारेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
‘भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन। भावुक कुरा गरेर लापरबाही गर्न कसैलाई छुट छैन’, प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग भने।
सरकार प्रभावकारी र सफल रूपमा कोभिड–१९ रोकथामका केन्द्रित रहेको बताउँदै प्रधानमन्त्री ओलीले अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन आग्रह गरे। उनले अहिलेसम्मका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताए।
कोरोना भाइरसको संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्यउपचारको क्षेत्रले गुणात्मक फड्को मार्ने, प्रयोशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि प्रधानमन्त्री ओलीले आश्वस्त पारे।
‘लकडाउनमा प्रशासनिक लापरबाही हुनै भएन, मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसका लागि केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिन्छ। त्यसलाई कार्यान्वयन गर्नुहोला।’
जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान गरे। साथै, सरसफाइमा ध्यान दिन, मास्क र चश्मा प्रयोग गर्न,  मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि मुख्यमन्त्रीहरूसँ आग्रह गरे।
प्रधानमन्त्री ओलीले करीब चार घण्टा मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फ्रेन्समार्फत् छलफल गरेका हुन्। छलफलका सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले आ–आफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासको जानकारी गराएका प्रधानमन्त्री प्रेस सल्लाहकार थापाले बताए। देखापढीबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल