FLASH NEWS
  • Loading...

के गाई क्लोरिन मिसिएको आहारा खाएर मरेका हुन ?

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८१ पटक पढिएको
के गाई क्लोरिन मिसिएको आहारा खाएर मरेका हुन ?

सदरमुकाम बेनीका छाडा चौपाय (गाई) अज्ञात कारणले धमाधम मर्न थालेपछि विभिन्न अशंका गर्न थालिएको छ ।

बुधवार र विहिवार दिउँसोसम्म बेनीका ४ वटा गाई अज्ञात कारणले मरेका छन । स्वास्थ्य गाईहरु लक डाउनका दुई सातामै धमाधम मर्न थालेपछि खाना नपाएर मरेको अनुमान गरिएको थियो । तर बुधवार प्रशस्त दानापानी खुवाएपछि गाई मर्न रोकिएको छैन । अझै चार वटा गाई विरामी भै सडकमै ढलेका छन ।

स्थानीयले गाई कोरना भाईरस संक्रमण रोक्न स्थानीय प्रशासनले सदरमुकाम बेनीका सडक तथा गल्लीलाई जीवाणुरहित बनाउन धेरै कडा माक्रा मिलाएर छर्केको क्लोरिनयुत्त आहारा (कागज वा अन्य घाँस) खाएपछि गाईहरु विरामी भै मर्न थालेको अनुमान गरेका छन ।

क्लोरिनयुक्त आहाराबाट गाई मरेको भन्ने अनुमानको पुष्टी गर्ने कुनै आधार भने भेटिएको छैन । सडकमा हिँडिरहेका गाई धमाधम मर्न थालेपछि केन्द्रले मरेका पशुको नमुना संकलन गरी पशु रोग अन्वेषण प्रयोगशाला पोखरामा पठाउने तयारी गरेको छ । केन्द्रले विरामी गाईलाई ज्वरो तथा फड्केको सुई दिएर उपचार थालेको छ ।

मरेका गाईको गुद्धार र मुखबाट रगत बगेको, पेट फुलेको, कडा ज्वरो आएको र मुखबाट लादी (दिसा) जस्तो वान्ता गर्ने लक्षण देखिएको भेटनरी अस्पताल तथा पुशु सेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । केन्द्रले मरेका गाईको लक्षण पशुलाई लाग्ने रोगमध्यको खतरानाक एन्थ्रक्स (ब्लतजचबह) रोगको आशंका गरेको छ ।

‘हाम्रो ल्यावमा केही भेटेनौं । रोगको लक्षण हेर्दा रोग ब्याक्टेरियायुक्त चरनबाट पशुमा सर्ने फड्के वा एन्थ्रक्स रोगसँग धेरै मिल्लो छ । यो रोग मान्छेमा पनि सर्ने भएकोले हामीले शल्यक्रिया गरी पेटमा के छ हेर्न सकेनौं’ भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख रहेका पशु चिकित्सक नारायण कुसुमले भने, ‘ल्याव रिपोर्ट नआई हामीले यसै भन्न सक्दैनौं । रोगको लक्षण मिल्दैमा यही रोग भन्न सकिन्न । यदी यही रोग भए, मान्छेले पनि सतर्कता अपनाउनु पर्छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल