Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

लक डाउनका स्थानीय शैली

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १६७ पटक पढिएको
लक डाउनका स्थानीय शैली

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लक डाउन ११ औं दिन वितेको छ ।

अत्यावश्यक सेवा बाहेकका सवै क्षेत्र बन्द छ । यातायात, बजार, कार्यालयहरु बन्द मात्र होईन नागरिकहरु घरबाहिर निक्लन रोक लगाईएको छ । अर्न्तरदेशीय हवाई तथा स्थल मार्ग सवै सिल गरिएको छ । अति आवश्यक प्रयोजनबाहेक सवै आन्तरिक हवाउ उडान पनि ठप्प छ ।

पहिलो चरणमा गरिएको एक साताको लक डाउनमा सर्वसाधारणले अटेरी गरेपछि सरकारले चैत २६ गतेसम्म दोस्रो चरणको अझ कडा लक डाउन गरेको छ । प्रशासन कार्यालयले आ–आफ्ना जिल्लामा यातायात मात्र होईन पैदल यात्रागरी प्रवेशमा पनि रोक लगाएका छन ।

 

प्रशासन कार्यालयले अत्यावश्यक कामकालागी भन्दै यातायात पास दिँदा खुकुलो गरेको गुनासो पछि गृह मन्त्रालयको दवावमा पहिलो चरणको सवारी पास रद्धगरी विरामी, औषधी बोकेका, स्वास्थ्य/एम्बुलेन्स तथा काममा खटाईएका कर्मचारी, खाद्यान्न, तरकारी तथा दुधका गाडीलाई मात्र पास दिईएको छ ।

बाग्लुङ्गमा दुई जनामा कोभिड–१९ संक्रमण देखिएपछि छिमेकको म्याग्दी समेतका छिमेकी वस्तीमा थप सचेतना अपनाएका छन । कोरना भाईरस संक्रमणको संख्या विश्वमा हरेक दिन तिव्र गतिमा फैलिएपछि त्रसित भएको सर्वसाधारणले लक डाउन अझ कठाई गर्न आफै कस्सिएका छन । संघिय, प्रदेश र स्थानीय सरकारहरु मात्र होईन लक डाउनलाई अझ कडाई गर्न समुदाय आ–आफ्रनै शैलीमा सकृय हुन थालेका छन ।

‘जिल्लाका नपा/गापा मात्र होईन, प्राय सवै वस्तीहरु समुदाय आफैले स्वफुर्त रुपमा लक डाउन गरेका छन । वस्ती छोड्न/प्रवेशमा रोक लगाएर कोरना भाईरस संक्रमण रोक्न समुदाय आफै सकृय छन’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘कृषी काममा स्थानिय लागेको देख्दा झट्ट हेर्दा गाउँमा लक डाउन छैन भन्ने लाग्छ । वास्तवमा सहरमा भन्दा गाउँमा बढी लकडाउनको वैज्ञानिक विधी अपनाएको देखेको छु ।’

संघिय सरकारले देशभर लकडाउन गरेको मात्र होईन, स्थानीय प्रशासनले निशेधज्ञा सहितको जिल्ला प्रवेशमा रोक लगाएका छन । नगर/गाउँपालिकाले आ–आफ्ना सीमा सिल गरेका छन भने वडा/वस्ती तहमा समुदाय आफैले आवत–जावत रोक लगाएका छन । स्थानीय तहले आ–आफ्ना गाउँपालिका प्रवेश गर्ने नाकामा पारिश्रमिक दिएर स्थानीय युवा (स्वसेवक) परिचालन गरेका छन ।

‘हामीले विदेशबाट फर्केका १५ दिन नपुगेकालाई अनिवार्य तोकिएको क्वारेन्टाईनमा राख्यौं, कति घर फर्के । केही अझै छन । उनीहरुको स्वास्थ्य निगरानी गरेका छौं । बाहिरबाट नयाँ मान्छे भित्रिएन भने हामी जोखिममुक्त छौं’ दुर्गम धौलागिरी गाउँपालिका उपप्रमुख रेशम छन्त्यालले भने, ‘कोरना संक्रमणको जोखिम न्यूनिकरण गर्न क्वारेन्टाईन निर्माण, विपत कोष निर्माण समेतका आन्तरिक तयारी सँगै स्वंयम सेवक परिचालन गरी गाउँपालिका छोड्न/प्रवेशमा रोक लगाएका छौं ।’

उपाध्यक्ष छन्तयालले थपे, ‘कोरना भाईरसको संक्रमण पनि रोक्ने र ग्रामिण कृषी अर्थतन्त्रलाई पनि चलयमान राख्न आन्तरिक लकडाउन गरेका हौं । कृषकलाई कामको सिजनमा घर बाहिर नकिल्न भन्न सकिने अवस्था रहन्न त्यसैले गाउँपालिका पुरै सिल गर्ने, वल्लो–पल्लो वस्ती आवत–जावत रोक्ने र कृषी कामलाई निरन्तरता दिनु उत्तम विकल्प ठानेका छौं ।’

सदरमुकामको बेनी अस्पतालमा समेत जिल्लाका सवै ६ स्थानीय तहमा एक–एक वटा क्वारेन्टाईन सेन्टर स्थापना गरिएको छ । त्यसैगरी कोरना संक्रमणको लक्षण देखिएका विरामीलाई राख्न मालिका गाउँपालिकाको दरवाङ्ग र बेनीमा ६–६ बेड क्षमताको आईसोलेसन स्थापना गरिएको छ । क्वारेन्टाईनमा राखिएका ब्यक्तिमा कोरना भाईरस संक्रमणको लक्षण देखिएको खण्डमा आईसोलेसन पठाउने, आईसोलेसनमा विरामीको स्वाव परिक्षणमा पठाउने र कोभिड–१९ पुष्टि भएमो वेनी अस्पतालमा रहेको क्वारेन्टाईनमा ३ दिन राख्ने, स्वास्थ्यमा सुधार नभए पोखरा रिफर गर्ने सिस्टम बनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल