Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

विपदमा सक्रिय म्याग्दीका सहयोगी हातहरु

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २१४ पटक पढिएको
विपदमा सक्रिय म्याग्दीका सहयोगी हातहरु

विश्वभर फैलिएको कोरना भाईरस (कोभिड –१९) रोगको महामारीसँग श्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा ब्यवस्थापनमा खटिएका कर्मचारी एवं सामाजिक अगुवाहरु सामान्य सुरक्षा उपकरण विना अग्रमोर्चामा खटिएका छन ।
कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले देशभर लक डाउन गरेपछि दैनिक ज्याला मजदुरी गरी पेट पाल्नेहरु बढी संकटमा परेका छन । र श्वास्थ्य संकटले निम्त्याएको विपतमा राज्यलाई सहयोग गर्न सहयोगी हातहरु अगाडी सर्न थालेका छन ।
विपदको विद्यमान समयमा जनप्रतिनिधीहरु, केही संस्था र सामाजिक अगुवाहरु दैनिक ज्यालामजदुरी गरी पेट पाल्ने विपन्न मदजुरको दैलोमा दालचामल, नुनतेल, सरसफाईकालागी सावुन र कोरना भाईरस संक्रमण रोक्न आधारभुत सुरक्षा माक्स वोकेर पुग्न थालेका छन ।

‘लक डाउनले ज्यालामजदुरी गरी दैनिक गुजारा चलाउने अति विपन्न परिवारको पहिचान गरी जनप्रनिधी, स्थानिय युवा क्वल, आमा समुह परिचालन सहयोग संकलन गरी ति परिवारलाई खाद्यान्न सहयोग पुर्‍याएका छौं’ मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले भनिन, ‘सवै वडा र वस्तीबाट तत्काल खाद्यान्न राहत पुर्‍याउनुै पर्ने अति विपन्नको पहिचान थालेका छौं । गापाले पनि छुट्टै विपद कोष खडा गरेको छ । अझ अप्ठ्यारो परिस्थिती आए गापाले पनि सहयोग गर्छ ।’
यसरी विपन्नको परिवारलाई खाद्यान्न बाँड्न स्थानीय युवा क्लव, स्थानीय तहका जनप्रतिनिधी र लायन्स क्लव जस्ता सामाजिक संस्था रहेका छन । त्यसैगरी लायन्स क्लव अफ बेनी पिससिटीले बेनी नगरपालिकाका विभिन्न वडामा खाद्यान्न सहयोग गरेको छ ।

‘दिन जान्यो, बाँच्न जान्यो’ नारासहित सामाजिक सेवामा सकृय युवा ब्यवसायी राजेश शाक्यले भने, ‘सामाजिक संस्थामा आवद्ध हुनु भनेकै समाजमा आईपर्ने विपत र दुखमा सेवा गर्नु हो । मानवीय सेवाबाट प्राप्त सन्तुष्टी नै वास्तवमा धर्म हो ।’
मालिका गाउँपालिका, ६ दरवाङ्गका वडाध्यक्ष सन्तनाथ सुवेदी र ७ वडा विमका वडाध्यक्ष रेशम जुग्जालीको अगुवाईमा स्थानीय ब्यवसायी तथा संस्थाहरु मिलेर लक डाउनको कारणले चुहृो वाल्न समस्यामा परेका परिवारलाई दालचामल समेत खाद्यान्न वितरण भएको छ । दरवाङ्गमा ४३ परिवार र विममा ४३ परिवारलाई खाद्यान्न तथा सावुन वितरण गरेका थिए । मालिका गाउँपालिकाको छहारी युवा क्लवले अति विपन्न ६ परिवारलाई १० दिन पुग्ने नुनतेल, दालचामल सहयोग गरेको छ ।
धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले लक डाउनको कारण संभावित भोकमरीको सामना गर्न २ सय बोरा चामल, ५० बोरा दाल, ५० प्याक तेल र नुनको भण्डारण गरेको जनाएका छन ।
त्यति मात्र होईन केही संस्था र अगुवाहरुले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न अग्रपंतिमा खटिएका श्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा ब्यवस्थापनमा खटिएका कर्मचारीको आधारभुत स्वास्थ्य सुरक्षा सामाग्री पिपिई, माक्स, सेनिटाईजर, फेस कभर सहयोग गरेका छन । केही मनकारी अगुवाहरु ट्याङ्ढीमा क्लोरिन राखेर वस्ती क्षेत्रका वस्ती तथा सार्वजनिक स्थलहरुमा भाईरस एवं जिवाणु मुक्त बनाउन छकिईरहेका छन ।
हङकङमा बसोबास गर्ने म्याग्दीबासीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना), लायन्स क्लव इन्टरनेसन ३२५ वि १ म्याग्दी, समाजसेवी चन््रद्र केसी समेतले ५३ थान पिपिई कोरना भाईसर रोकथाम तथा नियन्त्रणमा पहिलो पंक्तिमा खट्ने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालककालाई सुरक्षा सामाग्री पिपिई र ८ लिटर सेनिटाईजर सहयोग गरेको छ ।

‘नेपाली समाजमा मान्छे मरेपछि मलामी गन्ती गर्ने चलन छ । मलामीको संख्या हेरेर मान्छेको सामाजिक भुमिकाको पुनःमुल्याङ्ढन गर्ने परम्पराले मान्छेको सामाजिक भुमिका खोजेको हो । एउटै समाजमा बसेर, उही धाराका पानी, उही बारीका अन्न खाएर बाँचेका हामी कठिन अवस्थामा अप्ठ्यारो परिस्थितीमा परेका छिमेकीलाई सहयोग गर्नु नै मानविय सेवा हो’ एक बालिकालाई कलेजो दान गरी जीवन रक्षा गरेका समाजसेवी अगुवा चन्द्रकुमार केसीले भने, ‘मेरो जीवन मानविय सेवामा विताउन चाहन्छु, कोरना भाईरस मानवजातीकै सत्रु हो, मिलेरै सामना गर्न सकिन्छ ।’
त्यसैगरी केन्द्र, गलेश्वर आमा समुह, म्याग्दी जेसिजले छुट्टै सुरक्षामा खटिएका प्रहरीकालागी केही ग्लोब्स र माक्स वितरण गरेका छन । गलेश्वर, मुक्तिनाथ र दिदीबहिनी बचत तथा ऋण सहकारीले सेनीटाईजर, एन ९५ माक्स, सर्जिकल माक्स र बेनी खानेपानीले क्लोरिन सहयोग गरेको बेनी अस्पताल विकास समितिले जनाएको छ ।
‘जिल्लामा धेरै मनकारी मान्छे छन । कोरना महामारीको संक्रमण रोकथाम गर्न र लकडाउनले समस्यामा परेका विपन्नलाई खद्यान्न पुर्‍याएका छन । जिल्लामा कोही भोकै परेको जानकारी आएको छैन’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘कोरना संक्रमणका संभावित ब्यक्तिलाई घर–घरबाट खोजेर क्वारेन्टाईनमा राख्न र आईसोलेसनमा रहेका विरामीको स्वाब नमुना अस्पताल पुर्‍याउन समेत सामाजिक कार्यकर्ता जुटेका छन ।’
त्यसैगरी मंगला गाउँपालिकाले संञ्चालन गरेको विपत ब्यवस्थापन कोषमा पनि जनप्रतिनिधी र समुदायबाट आर्थिक सहयोग गरेका छन । मंगला गाउँपालिकाले कोभिड–१९ संग लड्न स्थापना गरेको विपत कोषमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सृजना केसीसमेत सर्वसाधारणबाट  १ लाख ८९ हजार नगद सहयोग जम्मा गरेका छन । यो रकम गाउँपालिकाका स्वास्थ्य केन्द्रमा आधारभुत कोभिड–१९ सुरक्षा सामाग्री पिपिई, सेनिटाईजर, माक्स समेतका सुरक्षा उपकरण खरिदमा खर्च गरिने गाउँपालिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल