FLASH NEWS
  • Loading...

बरुवाल दम्पत्तिले गरे मुक्तिमार्ग मावि अक्षय कोषमा रकम हस्तान्त्रण

बरुवाल दम्पत्तिले गरे मुक्तिमार्ग मावि अक्षय कोषमा रकम हस्तान्त्रण

अन्नपूर्ण गाउँपालिका, ६ घार पुख्यौली घर भै हाल पोखरामा बसोबास गर्दै आएका ह.कुलबहादुर बरुवालको ८४ वर्ष पुरा गरेको अवसरमा छोरा/वुहारी शिवकुमार/ज्ञानु वरुवालले मुक्तिमार्ग माध्यामिक विद्यालयमामा स्थापना गरेको अक्षय कोषमा रकम हस्तान्त्रण गरेका छन ।
बेल्जियमलाइ कर्मथलो बनाएका बरुवाल दम्पत्तिले पुख्यौली थलो घार स्थित आफैले विद्यालय तहको शिक्षा आर्जन गरेको मुक्तिमार्ग माध्यामिक विद्यालयमा चैत ३० गते १० लाख ८ हजार ४ सय ८४ रुपैयाँको ‘कुलबहादुर/स्व.मनकुमारी’ अक्षय कोष घोषणा गरेका थिए ।
कोष स्थापनार्थ वाक रकम सोमबार अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनको प्रमुख आतिथ्यतामा मुक्तिमार्ग माविमा आयोजित एक समारोह विच वरुवाल दम्पत्तिसमेत छोरीहरु र आफन्तहरुले विद्यालयका प्रध्यानअध्यापक ठकराज बरुवाललाई १० लाख ८ हजार ४ सय ८४ रुपैयाँ बराबरको गरिमा विकास वैंकको चेक हस्तान्क्रण गरेका हुन ।

कोषको आम्दानीले मुत्तिमार्ग मावि र छिमेकी भुवानी आधारभुत विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई बार्षिक रुपमा छात्रवृति दिईने भएको छ । विद्यार्थी संख्या बर्षेनी घट्दै गएको भुवानी आधारभुत विद्यालय कुृलबहादुर बरुवालको प्रमुख अगुवाईमा स्थापना भएको थियो ।
‘बुबाले एक हजार ८ चन्द्रमा देखेको उपलक्ष्यमा हामीले जन्मस्थल र आफैले माध्यामिक तहसम्मको शिक्षा आर्जन गरेको विद्यालयमा १० लाखबढीको अक्षय कोष राख्ने घोषणा गरेका थियौ, आज उक्त रकम विद्यालयाई हस्तान्त्रण गरेका छौं’ अक्षय कोषका संस्थापक शिवकुमार वरुवालले भने, ‘कोषको रकमबाट विद्यालयले कार्यविधी बनाई विपन्न र जेहन्दार विद्यार्थीलाई थप शिक्षा आर्जनकालागी प्रोत्साहन सहयोग गर्ने छ ।’
मान्छेको जन्मदेखी मृत्युसम्म गरिने विभिन्न संस्कार मध्य ८४ पुजा पनि एक हो । मानिसको ३२ बर्षसम्म अल्पायु, ६४ बर्षसम्ममलाई मध्य आयु र ६४–१०० बर्षसम्मलाई पूर्णायु भन्ने मान्यता छ । मानिसको जीवनकालमा १००८ चन्द्रमा पार गरेपछि दीर्घजीवी चतुराशीति (चौरासी) पुजा गर्ने चलन छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल