Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

संक्रमितलाई भेटेको १२ दिनपछि देखियो आफन्तमा कोरोनाको संक्रमण

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १७३ पटक पढिएको
संक्रमितलाई भेटेको १२ दिनपछि देखियो आफन्तमा कोरोनाको संक्रमण

हालसम्म विदेशबाट आएकाहरुमा मात्रै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकोमा विदेशबाट आएका संक्रमितको परिवारका सदस्यलाई सरेको पहिलो केस धनगढीमा फेला परेको छ ।

दुबईबाट फर्किएका धनगढीका एक ३४ वर्षीय युवालाई यसअघि नै कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो। फर्किएदेखि घरमै बसेका युवाको एक आफन्त महिलामा पनि संक्रमण भएको स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेको छ। ती आफन्त युवककी भाउजू हुन्।

ती महिलामा अहिलेसम्म कुनै लक्षण नदेखिएको उनको परिवारका सदस्यहरुले बताएका छन्। ‘कुनै पनि लक्षण नदेखिएर पनि कोरोना संक्रमण भएको सुनेर हामी अचम्म परेका छौं,’ उनको परिवारका एक सदस्यले भने। संक्रमित युवासँग भेट भएको १२ दिनपछि परिवारका ९ जना सदस्यहरुको बिहीबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो। त्यसमध्ये एकजनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको एम्बुलेन्सले शनिबार बिहानै घरमा पुगेर संक्रमण पहिचान भएकी महिलालाई अस्पताल ल्याएको छ। नलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ। संक्रमित युवकको पनि यहीं उपचार भइरहेको छ।

दुबईमा काम गर्दै आएका ती युवा चैत ७ गते फ्लाई ईमरेट्सको ईके ०१५० नम्बरको उडानमा दुबईबाट दिल्ली आएका थिए। दिल्लीबाट उनी त्यही दिन एयर भिस्ताराको उडानबाट दिउसो २ बजे काठमाडौका लागि उडेका थिए। चैत ८ गते शनिबार दिउँसो १२ बजे बुद्ध एयरको उडानबाट काठमाडौंबाट नेपालगञ्ज आएका उनी नेपालगञ्जबाट महेन्द्रनगर जाने माइक्रो हाइसमा अत्तरिया आइपुगेका थिए।तीन दिन घरमै बसेका ती युवालाई १० गते राति ज्वरो आएपछि ११ गते बिहान अस्पताल पुर्‍याइएको थियो। चैत १४ गते उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि उनको पूरै परिवारलाई जिल्ला स्वास्थ्य कार्यालयको क्वारेन्टाइनमा राखिएको थियो। युवामा संक्रमण देखिएको समाचारले नै भयभित संक्रमित बसोबास गर्ने टोलका बासिन्दा अर्को संक्रमणको खबर सुनेर थप त्रसित छन्। Ekantipur.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल