FLASH NEWS
  • Loading...

कोरना त्रास ः विरामी बोक्न एम्बुलेन्स पनि मानेनन्

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २२० पटक पढिएको
कोरना त्रास ः विरामी बोक्न एम्बुलेन्स पनि मानेनन्

विश्वभर स्वास्थ्य संकट निम्त्याएको कोरना भाईरस (कोभिड–१९) संक्रमणको डरले छिमेकी समेत कुनै पनि निकायले रुघाखोकी र ज्वरोबाट ग्रस्त विरामीलाई बोक्न नमानेपछि बेनी नगरपालिका, ४ की एक १९ बर्षिया किसोरी चार दिनदेखी घरमै थला परेकी छिन ।
रुघाखोकी र ज्वरोबाट ग्रस्त किसोरीलाई अस्पताल पुर्‍याउन छिमेकी र एम्बुलेन्स पिपिई समेतका सुरक्षा उपकरण नभएको भन्दै विरामी वोक्न  नमानेका हुन । उनको चार दिनदेखी उपचार हुन सकेको छैन । तर विरामीलाई अस्पताल पुर्‍याउन कोही तयार नभएपछि छिमेकीलाई सदरमुकाम पुर्‍याएर स्वास्थ्यकर्मीको प्रिकेप्सन विना ज्वोरो र रुखाखोकीको औषधी किनेर ल्याई खुवाउने तयारी भएको छ ।
नजिकको स्वास्थ्यचौकीलाई आग्रह गर्दा समेत स्वास्यकर्मी पिपिई समेतका उपकरण नभएको भन्दै घरमा पुगेर सेवा दिन अस्वीकार गरेका थिए । विरामी आफै उठेर हिँड्न नसक्ने तथा घरका सदस्यले पनि बोकेर स्वास्थ्य संस्थासम्म विरामी वोकेर लैजना सक्ने अवस्था नभएकोले एम्बुलेन्सबाट बेनी अस्पताल पुर्‍याउन खोजिएको हो ।
‘गाउँमा विपन्न परिवारकी एक किसोरी चार दिनदेखी रुखाखोकी र ज्वोरोले ग्रस्त रहेछिन । उनलाई अस्पताल पुर्‍याउन मानवीय सेवामा समर्पित रेडक्रस समेत अस्पतालको एम्बुलेन्स तयार भएनन, न स्टेचरमा वोकेर स्वास्थ्य संस्था पुर्‍याउन स्थानीय नै तयार भए’ बेनी नगरपालिका, ४ का वडाध्यक्ष गोविन्द पौडेलले भने, ‘शंकास्पद विरामीलाइ होम क्वारेन्टाईनमा बस भनेको स्वास्थ्य सेवा बाट वन्चित गर्न खोजिएको हो ? घरमै मर भनेको हो ? नभए किन अस्पताल पुर्‍याउन कोही तयार भएनन ?’
वडाध्यक्ष पौडेलले रेडक्रस र बेनी अस्पतालका एम्बुलेन्सलाई फोन गरी विरामी लिन आउन भन्दा नमाने पनि प्रमुख जिल्ला अधिकारीलाई विरामी उद्धार गरी अस्पताल पुर्‍याईदिन गुहार मागेका थिए । प्रजिअ ज्ञाननाथ ढकालले विरामी उद्धारगरी अस्पताल पुर्‍याउने ब्यवस्था मिलाउन सहायक प्रजिअलाई अर्‍याई आफु लकडाउन प्रभावकारीता अनुगमन गर्न निक्नेलको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल