FLASH NEWS
  • Loading...

कसरी उकास्न सकिन्छ शरीरको प्रतिरोधात्मक क्षमता?

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १७८ पटक पढिएको
कसरी उकास्न सकिन्छ शरीरको प्रतिरोधात्मक क्षमता?

हाम्रो रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) भन्नाले हाम्रो शरीरले विभिन्न रोगसँग लड्ने क्षमता हो। ‍यो क्षमता राम्रो भएकै कारण हामी संक्रमण र रोगहरूबाट बचेका हुन्छौं।
रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई विभिन्न किसिमका रोग लाग्ने तथा संक्रमण चाँडो हुन्छ। यसकारण प्रतिरोधात्मक क्षमता बढाउन खानेकुरामा विशेष ध्यान दिनुपर्छ।
कुनै पनि खानेकुराले ‘जादू’ जसरी वा ग्यारेन्टीका साथ हाम्रो प्रतिरोधात्मक क्षमता त बढाउँदैन। तर पोषिलो तथा सन्तुलित खाना नियमित खाँदा र स्वस्थ जीवनशैली अवलम्बन गर्दा मद्दत भने पुग्छ। सन्तुलित खाना भन्नाले शरीरलाई आवश्यक पर्ने सबै पोषक तत्व मिलाइएको खाना हो। अहिले तपाईंहरू घरमा बसेका बेला भनेर अत्यधिक खानेकुरा नखानुस्।
हरियो सागसब्जी तथा तरकारी, प्रशस्त प्रोटिन भएका गेडागुडी, कागती, अमला, भोगटे, सुन्तला जस्ता अमिलो जातका फलफूलले प्रतिरोधात्मक क्षमता बढाउन सघाउँछ। हामीले घरमै भएका सामानको मात्रा मिलाएर खान सकिन्छ। जस्तैः बेसार, मह, घ्यु, अदुवा, दालचिनीको र मरिचको धूलोलाई तातोपानीमा मिलाएर खाएमा सामान्य समस्या रुघाखोकी, कफमा राहत मिल्छ भने जटिल रोग लाग्नबाट बचाउन पनि धेरै सहयोग गर्छ।
रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सरसफाई, व्यायाम, योगले पनि ठूलो भूमिका खेल्छ। यसका साथै आफ्नो तनाव पनि कम गर्नुपर्छ। यति बेला कोरोना भाइरसले सबैलाई तर्साएको छ। व्यापार-काम बन्द छ। यस्तोमा तनाव बढ्न सक्छ जसले रोग सम्भावना बढाउँछ। त्यसैले तनावमुक्त रहने प्रयास गर्नुपर्छ। निद्रा पनि राम्ररी पुर्‍याउनुपर्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित