- Loading...
पृथ्वीनारायण क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबिच ग्याङ फाइट !
- पुनहिल डट कम
- ५ साल अघि
- ३१४ पटक पढिएको

सामान्यत हामी विश्वविद्यालयमा प्राज्ञिक उन्नयनका लागि जाने गछौं । माध्यमिक शिक्षा सकेपछि सुरु हुने विश्वविद्यालयमा कतिपय राजनैतिक करिअरका लागि मात्रै पनि जाने गर्छन् ।
यस्तै, राजनैतिक करिअर बनाउँने थलोका रुपमा चिनिएको विश्वविद्यालय हो पृथ्वीनारायण क्याम्पस । पढ्ने÷पढाउँने पीएन कहिले आन्दोलन त कहिले झगडा काण्डले तातिईं रहन्छ । स्वतन्त्र विद्यार्थी संगठनको नाममा राजनैतिक पार्टी निकट संगठनमा लागेका दुई विद्यार्थी समुहबिच बिहीबार सामुहिक हानाहान भएको छ । नेकपा निकट अनेरास्ववियु र प्रमुख प्रतिपक्ष कांग्रेस निकट नेवि संघका सदस्यबिच क्याम्पस परिसरमै हानाहान चलेको हो ।
हानाहानबाट अनेरास्ववियुका विराट दवाडी र विशाल पन्त घम्भिर घाईते भएका हुन् । नेवि संघका सतिश बास्तोलाको नेतृत्वको टोलीले रड प्रहार गर्दा उनीहरु गम्भिर घाईते भएको अनेरास्ववियु कास्कीका अध्यक्ष विवेक देवकोटाले जानकारी दिए । ‘दोहोरो हानाहान हो,’ उनले भने, ‘तर, ज्यान मार्ने उद्देश्यले हतियार प्रहार भयो ।’ अहिले उनीहरुको मनिपाल अस्पतालमा उपचार भई रहेको छ । घाईते दुइलाई आइसियूमा राखिएको छ ।
यसअघि, अनेरास्ववियुका विराट र विशालले नेविसंघका सतिशमाथि पनि हमला गरेका थिए । संगठनमा आबद्ध भए पनि व्यक्तिगत रिसिबी साँध्न सांगठनिक हमला गरिएको अनेरास्ववियुले बताएको छ ।
नेवि संघका निर्वतमान केन्द्रिय सदस्य भानु ढकालले सांगठनिक रुपमा नभई व्यक्तिगत रिसिबीको कारण कुटाकुट भएको प्रष्ट्याए । उनका अनुसार नेवि संघका केही सदस्य पनि कुटाकुटबाट घाईते छन् । ‘संगठनले त यस्ता झगडामा नलाग्नुस् भनेका छौं,’ उनले भने । वार्ताको माध्यमबाट कुरा मिलाउँने पक्षमा आफूहरु रहेको उनले सुनाए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार झगडा भएको जानकारी पाए पनि अहिलेसम्म कुनै जाहेरी भने परेको छैन । ‘झगडा भएको भन्ने त हामीले थाहा पाएका हौं,’ उनले भने, ‘तर, कुन संगठन निकट हो भनेर हामीलाई जानकारी आएको छैन । लिखित÷मौखिक कुनै पनि किसिमको जाहेरी हामीलाई परेको छैन ।’
पीएनमा यसअघि पनि यस्ता घटना घट्दै आई रहेको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
