FLASH NEWS
  • Loading...

चीनबाट उद्दार गरी ल्याइएका १७५ जना लाई खरिपाटी पुर्‍याइयो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०९ पटक पढिएको
चीनबाट उद्दार गरी ल्याइएका १७५ जना लाई खरिपाटी पुर्‍याइयो

नोबेल कोरोना भाइरसको केन्द्र मानिएको चीनको वुहानबाट ‘एअरलिफ्ट’ मार्फत उद्दार गरेर नेपाल ल्याइएका १७५ जना नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्‍वारेन्टाइन पुर्‍याइएको छ।

नेपाल एअरलाइन्सको चार्टर्ड फ्लाइटबाट बिहान करीब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका उनीहरूलाई विमानस्थलमा स्वास्थ्य परीक्षणपश्चात नेपाल विद्युत प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रमा स्थापना गरिएको क्वारेन्टाइनमा लगिएको हो। परीक्षणको क्रममा उनीहरूमा कुनै स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन्।

उनीहरुलाई सुरक्षाकर्मीले स्कर्टिङमा पाँच वटा बस र एउटा एम्बुलेन्समा गरेर क्‍वारेन्टाइनस्थलसम्म पुर्‍याइएको छ। क्‍वारेन्टाइनमा उनीहरूलाई कम्तीमा १४ दिन राखिनेछ।

त्यहाँ चिकित्सकसहितको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोलीले उनीहरुको नमूना परीक्षणका साथै थप स्वास्थ्य परीक्षण गर्ने छन्।

चीनबाट नेपाल फर्कन १८५ जनाले दूतावासमा  निवेदन दिएका थिए। तीमध्ये ६ जना स्वास्थ्यका कारण वुहान विमानस्थलमै रोकिएका छन् भने चार जनाले आफूहरू चीनमै बस्न चाहेको बताएका छन्।

त्यसैले उनीहरूलाई छाडेर १७५ जना नेपाली लिएर विमान उडेको हो। उद्दार गरिएकामा १३४ जना पुरूष र ४१ जना महिला छन्। सोही जहाजमा एकजना होन्डुरसका नागरिकलाई समेत ल्याइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल