- Loading...
थ्री नट थ्री राइफलसहित चन्द समूहका सेक्रेटरी पक्राउ
- पुनहिल डट कम
- ५ साल अघि
- १९७ पटक पढिएको

गोली लोड गरेर राखिएको थ्रीनटथ्री राइफलसहित प्रतिबन्धित नेत्रबिक्रम चन्द समूहका म्याग्दी जिल्ला सेक्रेटरी रेशम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । सापकोटालाई बेनी नगरपालिका–२ भकिम्लीस्थित उनकै घरबाट आइतबार राति पक्राउ गरिएको म्याग्दी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी म्याग्दीका निरीक्षक ध्रुव शर्माका अनुसार सापकोटाको साथबाट थ्री नट थ्री राइफल र त्यसको ७ राउन्ड गोली बरामद भएको छ । त्यसैगरी एकनाले भरुवा बन्दुक र त्यसमा प्रयोग हुने छर्राको ३ वटा डिब्बा पनि भेटिएको उनले बताए । ‘राइफल र भरुवा बन्दुक दुवैमा गोली लोड गरेर तयारी अवस्थामा राखिएको थियो,’ शर्माले भने ।
तत्कालीन अवस्थामा नेपाल प्रहरीसँग मात्रै थ्री नट थ्री राइफल थियो । २०६० चैतमा म्याग्दी सदरमुकाम बेनी आक्रमणका बेला वा अन्यत्र कतैबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
