FLASH NEWS
  • Loading...

संघीय सरकारले चासो नराख्दा बेनी–जोमसोम सडक सुस्त – मुख्यमन्त्री गुरुङ्ग

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २७५ पटक पढिएको
संघीय सरकारले चासो नराख्दा बेनी–जोमसोम सडक सुस्त – मुख्यमन्त्री गुरुङ्ग

मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले गण्डकी प्रदेशले लाईफलाईन मानेको त्रिवेणीपोखराबेनीकोरला अर्न्तराष्ट्रिय नाका जोड्ने बेनीजोमसोम सडकमा संघीय सरकारले चासो नराख्दा निर्माण अति सुस्त भएको बताएका छन ।
गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित पहिलो योजना जिल्ला समवन्यय समितिको सभा हल सहितको भवन उद्घाटन गर्न मंगलवार बेनी आएका मुख्य मन्त्री गुरुङ्गले संघिय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र आयोजना नियमन नपुग्दा ढिलासुस्ती भएको आरोप लगाए ।

मुख्यमन्त्री गुरुङ्गले म्याग्दीमा प्रदेश सरकारले अर्न्तराष्ट्रिय स्तरको न्यूनतम मापदण्डको रङ्गशाला र मुक्तिनाथ तथा ढोरपाटन प्रवेशद्धार रहेको बेनीमा सुविधायुक्त र हेर्न लायक बसपार्क २ वटा योजना तीन बर्षमा जसरी पनि पुरा गर्ने दावी गरे ।
बेनीजोमसोमकोरला सडक छिटो सम्पन्न गर्ग ठेकदारलाई बोलाएर सचेत मात्र होईन संघिय सरकारलाई आयोजना पर्दैन, नियमनको पाटो मात्र हामीलाई दिनुस भनें तर संघिय सरकारले मानेन विहिवार बेनी आएका मुख्यमन्त्री गुरुङ्गले भने, ‘धेरै राष्ट्रीय गौरवका आयोजना अलपत्र पारेका र आफुले पनि काम नगर्ने अरुलाई पनि काम गर्न नदिने मन्त्री विदा भए अव काम अघि बढ्छकी ?

गण्डकी प्रदेशको उत्तरदक्षिण अन्तरदेशिय ब्यापार मार्ग कालीगण्डकी करिडोर अर्न्तगत बेनीजोमसोमकोरला सडकको स्तरउन्नत गर्ने काम सुस्त छ । ०७६ मंसिरमा सम्पन्न भै सक्नु पर्ने ७ मिटर पीच सहित ११ मिटर चौडा स्तरको बेनीजोमसोमकोरला सडकको प्रगति माथिल्लो खण्डमा ८० र तल्लो खण्डमा ४२ प्रतिशत मात्र रहेको कालीगण्डकी करिडोर बेनीजोमसोमकोरला सडक आयोजनाले जनाएको छ ।
बेनीजोमसोमकोरला सडक निर्माणमा भएको ढिला सुस्ती प्रति गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले प्रधानमन्त्री तथा विभागीय मन्त्रीप्रति चासो नदिएको भन्दै सार्वजनिक रुपमा पटकपटक असन्तुष्टि जनाउँदै आएका छन ।
निर्माणाधिन बेनीजोमसोमकोरला सडक आयोजनाको काम मेलम्ची उन्मुख भएको भन्दै जिल्लाका सरोकारवालाले संघिय तथा प्रदेश सरकारको ध्यानाकर्षण गर्दै आएका छन ।
पूर्व महिला तथा बालबालिका मन्त्री थममायाँ थापा, संविधान सभा सदस्यत्रय रेशम बानियाँ, नवराज शर्मा, गोविन्द पौडेल, नेपाली काँग्रेसका नेता माधव रेग्मी, गण्डकी प्रदेश साँसद विनोद केसी र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल समेतका सरोकारवालाले बेनीजोमसोम लगाएत जिल्लामा संञ्चालनमा भएका सडक निर्माणमा भएको ढिला सुस्ती र लापर्रबाहीको फेहरिस्त सुनाएका थिए ।
सरकारले भिजिट नेपाल २०२० घोषणा गरेपनि अलपत्र सडक र नासिएका बाटा/गोरेटोले पर्यटकको सत्कार होईन, सास्ती दिएको ठहर गरी प्रतिनिधी सभाको विकास समिति पर्यटनको राजधानी पोखरा र पोखराबेनीमुक्तिनाथलोमन्थाङ सडक आयोजनाको आलोचना हुँदै आएको छ ।
ठेक्काको रनिङ म्याद भित्रै काम सम्पन्न गर्न लागेका छौं । तर केही प्राविधिक पक्ष जटिल र पेचिला भएका छन । नीतिगत रुपमै सुल्झाउनु पर्ने, केही स्थानमा नयाँ संरचना बनाउनु पर्ने आवश्यकता देखिएका छन कालीगण्डकी करिडोर बेनीजोमसोमकोरला सडक आयोजना प्रमुख मुकुन्द अधिकारीले भने, ‘आयोजनाको केही खण्डमा ठेकदारको काम सुस्त देखिएकोले कार्यालयबाट लिखित निर्देशन गरेका छौं । कारवार्ही गरेर भन्दा दवावबाट छिटो काम हुने विश्वास छ ।
०७६ मंसिरमा सम्पन्न भै सक्नु पर्ने ७ मिटर पीच सहित ११ मिटर चौडा स्तरको बेनीजोमसोमकोरला सडकको प्रगति माथिल्लो खण्डमा ८० र तल्लो खण्डमा ४८ प्रतिशतमा सिमित रहेको आयोजनाले जनाएको छ । बेनीजोमसोमकोरला १ सय ८६ किलोमिटर सडकमध्य बेनीजोमसोम ७६ किमीलाई ४ प्याकेज र जोमसोमकोरला एक सय १० किमी सडकलाई  ११ प्याकेजमा सडक उन्नत गर्ने काम भैरहेको छ । सडक निर्माण गर्न ५ अर्व लागत अनुमान गरिएको छ ।
बेनीजोमसोम सडकको म्याग्दी खण्डमा बढी भीरपहरा भएकोले विष्फोटक पदार्थ प्रयोग गर्न थालिएको छ । विष्फोटक पदार्थ प्रयोगभएपछि सडक विस्तार प्रगति छिटो देखिने आयोजनाको दावी छ । आयोजनाका अनुसार २० किमी खण्डको प्रत्यक प्याकेज मध्य पहिलो बेनीतातोपानीसम्म शर्मा/युनाईटेड जेवि कम्पनीले, दोस्रो र तेस्रो प्याकेजमा शर्मा/गजुरमुखी जेभिले काम गरिरहेका छन । आयोजनाका अनुसार शर्मा युनाईटेडको बेनीतातोपानी प्याकेज, चैलेभेना प्याकेजमा कन्टेक कान्छाराम कोसियन जेभि र झैतेचराङ्ग प्याकेजमा कन्चनजंगा लामा मोतिराम जेभीले गरेको काम सन्तोष जनक छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल