Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

म्याग्दीमा २८ औं अन्तर्राष्ट्रिय अपङगता दिवस मनाईयो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३५० पटक पढिएको
म्याग्दीमा २८ औं अन्तर्राष्ट्रिय अपङगता दिवस मनाईयो

अपाङगता भएका ब्यक्तिहरुको २८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस बेनीमा ‘दिगो विकासको लक्ष्य अपाङ्गमैत्री भविष्य’ भन्ने नाराका साथ विविध कार्यक्रमगरी मनाईयो ।
बेनी नगरपालिकाको आर्थिक सहयोग, अपाङ्ग संञ्चाल, बौद्धिक  अपाङ्गता अभिभावक संघसमेतका संस्थाको आयोजनामा दिवस मनाईएको हो । कार्यक्रममा गण्डकी प्रदेशको समाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा अपाङ्गता भएका ब्यक्तिहरुलाई वैशाखी, हृवलचियर र सेतो छडी लगाएतका सहयोगी समाग्री वितरण गरिएको थियो । सिङ्गा र बगुवाखोलाका बहिरा तथा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई बेनीमा सम्पन्न भएको अपाङ्गता दिवस मनाउन आउन/फर्कन म्याग्दी यातायात ब्यवसायी प्रालिको सवारी सहयोग गरेको थियो ।
अपाङ्गता दिवसको अवसरमा आईतवार बेनी नगरपालिका अर्न्तगत रहेका धौलागिरी मावि बहिरा श्रोत कक्षा र बालजागृति आधारभुत विद्यालयमा अध्ययनरत बौद्धिक श्रोत कक्षाका विद्यार्थी विच सम्पन्न खेलकुद प्रतियोगिताका विजयीलाई विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।
संयुक्त राष्ट्रसंघको आहृवानमा सन १९९२ देखी हरेक बर्ष डिसेम्बर ३ तारेखमा अपाङ्गता भएकाहरुको मानवअधिकारका विषयमा वकालत गर्दै अपाङ्गता दिवस दिवस मनाउने गरिन्छ ।
कार्यक्रममा प्रमुख अतिथी बेनी नगरपालिका उपप्रमुख सन्जु बरुवाल  लगाएत बत्ताले       नेपालको संविधानले अपाङ्गता भएका ब्यक्तिलाई राजनैतिक, सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गरेको बताउँदै स्थानीय सरकारले ब्यवहारमा कार्यान्वयन गर्दै जाने कुरामा चर्चा गरे ।
त्यसैविच बेनी सामुदायीक माध्यामिक विद्यालय बेनीकी पूर्व प्रध्यानअध्यापक एवं अपाङ्ग संघ म्याग्दीकी पूर्वअध्यक्ष तीर्थकुमारी श्रेष्ठले रघुगंगा गाउँपालिका, ३ मौवाफाँस्थित ज्ञानोदय मावि दृष्टीविहिन श्रोत कक्षामा अध्ययनरत १० जना बालबालिकालाई न्यानो कपडा (ज्याकेट) वितरण गरेकी छिन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल