Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

भेललाई रहुघाटको इलेक्ट्रोमेकानिकल ठेक्का, ‘नोटिस टु प्रोसिडर’ पाउन बाँकी

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २२९ पटक पढिएको
भेललाई रहुघाटको इलेक्ट्रोमेकानिकल ठेक्का, ‘नोटिस टु प्रोसिडर’ पाउन बाँकी

रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविधुत आयोजनाको इलेक्ट्रोनिकल तर्फ भारत हेभी इलेक्ट्रोकल्स लिमिटेड (भेल)ले ठेक्का पाएको छ ।

इलेक्ट्रोमेकानिकल ठेकेदार छनौट भएपनि ऋणदाता भारतिय एक्जिम वैंकले ठेकेदारको सम्झौता स्वीकृत गरेपछि मात्र ठेकेदार कार्यस्थलमा परिचालन गर्न आयोजना निर्माता रघुगंगा हाईड्रो लिमिटेडले ठेकदारलाई ‘नोटिस टु प्रोसिडर’ लागु हुने छ ।

विधुत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाईड्रो लिमिटेडले निर्माण गर्न लागेको वहुप्रतिक्षित रहुघाट जलविधुत आयोजनाको भारतिय ठेकदार कम्पनी जयप्रसाद (जेपी) एशोसिएटस मार्फत सिभिल तथा हाईड्रमेकानिकल तर्फको काम भैरहेकोमा इलेक्ट्रोमेकानिकल तर्फको काम गर्न पनि छुट्टै ठेक्का पनि लगाएको छ ।

आयोजनाको विधुत गृह भित्रका उपकरण, स्वीचार्ड उपकरण जडान, आपुर्ति र ढुवानी गर्नेगरी इलेक्ट्रोनिकल तर्फ काम गर्न भारत हेभी इलेक्ट्रोकल्स लिमिटेड (भेल)लाई ठेक्का दिईएको हो । १ करोड दुई लाख ९३ हजार अमेरिकी डलरमा ३६ महिनाभित्र सम्पन्न गर्ने गरी ठेृक्का सम्झौता भएको रघुगंगा हाईड्रो लिमिटेडका प्रवन्ध संञ्चालक गणेश केसीले बताए ।

इलेक्ट्रोमेकानिकल तर्फको काम गर्नेगरी ठेकेदार छनौट भएपनि ऋणदाता भारतिय एक्जिम वैंकले विधुत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाईड्रो लिमिटेड र ठेकेदार कम्पनी भेल विचको सम्झौता स्वीकृत गरेपछि मात्र ठेकेदार कार्यस्थलमा परिचालित हुने छन ।

सभिल एण्ड हाईड्रोमेकानिकल तर्फ परिचालित ठेकदार कम्पनी जयप्रसाद (जेपी) एशोसिएटस्ले आयोजनाको अडिट २ र ३ मा गरी २ सय ४० मिटर मात्र सुरुङ्ग निर्माण गरेका छन । सभिल एण्ड हाईड्रोमेकानिकल तर्फ काम गर्न जेपीले ६ अर्व रुपैयाँमा ठेक्का लिएको हो । ०७५ जेठबाट नोटिस टु प्रोसिडर पाएको ठेकदारले ४५ महिना भित्र आयोजना सम्पन्न गर्ने सम्झौता छ ।

अर्धजलाशययुक्त आयोजनाबाट सुख्खा मौषममा ४ करोड ९९ लाख ७८ हजार र वर्खा सिजनमा २४ करोड ५ लाख ९३ हजार युनिट प्रतिघन्टा कन्ट्राक इनर्जी रहेको छ । ब्याज बाहेक ८ अर्व ६० करोड लागत अनुमान गरिएको राहुघाट जलविधुत आयोजनाबाट उत्पादित विधुत आयोजनाको स्वीच आर्डबाट दाना–कुस्मा २२० केभिए प्रशारणलाईनमा ‘लुप इन, लुप आउट’ सिस्टममा जोड्ने प्रस्ताव छ ।

नेपाल विधुत प्राधिकरणले राघुघाट जलविधुत आयोजनाको डिजाईन, मोडेल र छुट्टै कम्पनी रघुगंगा हाईड्रो पावर लिमिटेड बनाई काम थालेको । राहुघाट हाईड्रोको क्षमता बृद्धी गरी ३२ बाट ४० मेगावाट बनाईएको छ । नयाँ मोडेल अनुसार रघुगंगा हाईड्रोमा ७० प्रतिशत विधुत प्राधिकरण र ३० प्रतिशत सर्वसाधारणको सेयर रहने कम्पनीले जनाएको छ ।

नेपाल विधुत प्राधिकरणले रहुघाट जलविधुत आयोजनाले २०६५ देखी सिभिल इन्जिनियरिङ्गको काम सुरु गरेको हो । ऋणको सर्त अनुसार नै प्राधिकरणले २०६७ कात्तिकमा दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरी भारतिय कम्पनी आइभिआरसिएल इन्फास्टक्चर प्रोजेक्टस् इण्डिया लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो । प्राधिकरणले ०६८ साउनमा कन्सल्टेन्टको रुपमा भारतिय कम्पनी वापकोषलाई नियुक्त गरेको थियो । तर समयमा काम गर्न नसकेपछि प्राधिकरणले २०७० मा ठेकदार कम्पनी आईभिआरसिएलसंगको सम्झौता टर्मिनेट (भङ्ग) गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल