Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

सिङ्गातातोपानीमा सुविधायुक्त होटल खुल्दै

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३८६ पटक पढिएको
सिङ्गातातोपानीमा सुविधायुक्त होटल खुल्दै

बेनी नगरपालिका, ४ स्थित प्राकृतिक औषधालयको रुपमा प्रख्यात सिङ्गा तातोपानीमा सुविधा सम्पन्न होटल खुल्ने भएको छ ।
ब्यवसायी प्रमोद श्रेष्ठले १५ करोड लागतमा ‘श्रेष्ठ होटल हटस्प्रीङ’ प्रालि खुल्न लागेको हो । होटल भवनको विहिवार सिङ्गातातोपानी तल्लो बजारमा बेनी नगरपालिका, ४ का वडाध्यक्ष गोविन्द पौडेलले एक कार्यक्रम विच शिलन्यास गरे । होटल भवन १८ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको ‘श्रेष्ठ होटल हटस्प्रीङ’ प्रालिका अध्यक्ष प्रमोद श्रेष्ठले बताए ।

करिव ३ रोपनी क्षेत्रफलमा बन्ने प्रयाप्त पाकिङ्ग सुविधासहितको होटलमा शौचालय जडित वातानुकुलित ३२ कोठाहरु रहने छन । तातोपानीमा प्राकृतिक उपचारकालागी आउने उच्च आर्थिक घरानाका विरामीलाई लक्षित गरी होटल खुलेको हो । सिङ्गा तातोपानीमा डुबेर उपचार गराउन ‘भिआईपी’ विरामी आउन थालेपछि होटल पूर्वाधारमा लगानी गर्ने बढेका छन ।
पर्यटन विकासको १० आधारभूत खम्बामध्य पहिलो हो, होटल । देशको स्वाधीन अर्थतन्त्रमा होटल क्षेत्रको ठूलो स्थान रहेको छ । पाहुनाकालागी गास र वास पहिलो आवश्यकता हो । सुरक्षित तथा आरामदायी वास, स्वादिलो भोजनकालागी होटल ब्यवसाय आवश्यक पर्छ । होटलपछि पर्यटनकालागी यातायात अर्को महत्वपूर्ण पूर्वाधार हो ।

‘तातोपानीमा खुल्न लागेको सुविधायुक्त होटलले जिल्लाको पर्यटन पूर्वद्धनमा योगदान पुर्‍याउँछ नै त्यस क्षेत्रको ग्रामिण अर्थतन्त्रमा फेरवदल ल्याउने छ’ उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेश शाक्यले भने, ‘पर्यटन भनेको होटलमा पाहुना बस्नु मात्र होईन, पर्यटनले यातायात, कृषीसवै क्षेत्रमा सहयोग पुर्‍याउँछ ।’
पृथ्वीको गर्भको लाभाबाट तातेका प्राकृतिक मिनरल्ससहित पानीमा स्नानगरी मानसिक तथा शारिरिक तनावलाई कम गर्न अब्बल प्राकृतिक अस्पताल मानिन्छन । सिङ्गा तातोपानी र भुरुङ्ग तातोपानीको ब्यवसायीकरण गरिए पनि जिल्लाका दर्जनबढी तातोपानीका मुहानमा परम्परागत शैली अस्थाई पोखरी बनाईन नुहाउने र डुबुल्किी मार्ने प्रचलन जीवित छ ।
संसारभरका तातोपानी कुण्डमा हेल्थ टुरिष्टहरुको ओईरो लाग्ने गरेको छ । नेपालका तातोपानी प्रकृति निर्मित मिनरल्सयुक्त तातोपानी भएकोले प्राकृतिक उपचारकालागी प्रख्यात छन । म्याग्दी जिल्लामा कालीगण्डकी, राहुघाट र म्याग्दी खोला किनारामा ८ स्थानमा प्राकृतिक तातोपानीका मुलहरु छन । यी मुलहरुमा परम्परादेखी स्थानीयले तातोपानीमा डुबुल्की मारेर (हट वाटर स्पा गरी) प्राकृतिक नुहाउँदै आएका छन । तातोपानी डब्दै जाँदा स्थानीयको अनुभवले अहिले यहाँका तातोपानीका पोखरीहरु प्राकृतिक अस्पताल कहलिएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल