- Loading...
भर्ती भएको दुई वर्षमै मारिए पाल्पाका श्रेष्ठ
- पुनहिल डट कम
- ५ साल अघि
- २१२ पटक पढिएको

कश्मीरमा मारिएका नेपाली गोर्खा सैनिक पाल्पाको रामपुर नगरपालिका–४ सदावर्तका गमिलकुमार श्रेष्ठ भएको खुलेको छ । पाकिस्तान र भारतीय सेनाको गोली हानाहानमा परेर गमिलसहित अर्का एक जना गोर्खा सैनिकको ३ कात्तिकमा मृत्यु भएको थियो ।
मृतक श्रेष्ठका ९६ वर्षीय हजुरबुवा धनप्रसाद श्रेष्ठले देखापढीसँग भने– “नातिको बिहे गरेर मर्ने धोको थियो, अधूरै रह्यो ।”
रामपुर नगरपालिका-४, सदावर्त, पाल्पाका गमिलकुमार २०७४ साउनमा भारतीय सेनाको गोर्खा राइफल्समा भर्ती भएका थिए ।
गत वैशाखमा १५ दिनको छुट्टीमा घर आएका उनले भर्ती हुन गरेको भाकल पूरा भएपछि पञ्चबलि पूजा गरी फर्किएका थिए ।
“पूजा र बिहे एकैपटक गर भनेको मानेन,” हजुरबा धनप्रसादले भने, “अर्को छुट्टीमा आउँदा विचार गर्छु भनेको थियो, अब कहिल्यै नआउने गरी गयो ।”
श्रेष्ठको परिवारमा हजुरबा धनबहादुर, बुवा रुद्रनारायण, आमा सीता, दाजु गणेश र भाउजू छन् ।
घटनापछि बुवा, आमा, दाजु–भाउजू र छिमेकी आज बिहानै भारततर्फ गएको उनका छिमेकी कृष्ण लम्सालले जानकारी दिए ।
१२ कक्षामा पढ्दापढ्दै भारतीय सेनामा भर्ती भएका गमिल निकै मिलनसार र सहयोगी रहेको उनका साथीहरू बताउँछन् ।
गमिल पाँच वर्ष अघि भारतीय सेनामा भर्ती भएका जेठा बुवाको छोरा दीपकको सहयोगमा भर्ती भएका थिए ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
