- Loading...
असिनाले धान र तरकारी नष्ट
- पुनहिल डट कम
- ५ साल अघि
- १७७ पटक पढिएको

म्याग्दी, २३ असोज ।
दशैंको टिकाको दिउँसो परेको भिषण असिनापानीले बेनी नगरपालिका, २ फापरखेत, गौस्वारा र मंगला गाउँपालिका, १ थाईवाई, ३ अर्मन, ४ बरंजा क्षेत्रमा पाक्ने अवस्थाको धानबाली नष्ट गरेको छ ।
‘बाक्लो असिनाले पाक्न लागेको धान पुरै झारेको छ । भएको धानपनि असिनापानीसँगै आएको हुरीले पुरै सोत्तर बनाएर पल्टाएको छ’ बरंजाका कृषक जगत बानियाँले भने, ‘खेतको धान मात्र होईन असिनाले बारीको कोदो, झालपातको तरकारी पनि पुरै नष्ट गरेको छ । कृषकको विजोग नै भएको छ ।’
असिनाले सो क्षेत्रमा लगाईएको सिमीबाली समेत तरकारी खेतीमा पनि ठूलो क्षति पुर्याएको छ । असिना प्रभावित क्षेत्र समुद्र सतहदेखी १ हजार ५ सय देखी १ हजार ८ सय मिटर उचाई क्षेत्रमा पर्ने भएकोले लाग्दो असारमै धान रोप्ने असोज अन्त्यसम्म पाक्ने हुन्छ ।
‘असिनाले धेरै ठाउँमा मुख्यवाली धान र तरकारीवालीमा क्षति पुर्याएको खवर छ । तर दशैं विदा भएकोले गाउँमा कृषी प्राविधिक नहुँदा क्षतिको विवरण प्राप्त छैन’ जिल्ला प्रहरी प्रमुख महेन्द्रप्रसाद मरासिनीले भने, ‘प्रहरी परिचालन गरी सामान्य क्षतिको विरण माग्ने प्रयासमा छौं ।’
जिल्लाको कुल खेतीयोग्य जमिनको ३ हजार ८ सय ९५ हेक्टर खेतमा धान खेतीबाट १० हजार ५ सय ६० मेट्रीक टन धानको उत्पादन हुन्छ । जिल्लाका अधिकांश खेतमा रैथाने जातका धान खेती हुन्छ । जिल्लामा दर्माली, झिनुवा, मार्सी, ताकमारे आदी स्थानिय जातका धान बढी मात्रामा उत्पादन हुन्छ ।
सदरमुकाम सेरोफेरो तथा मध्य क्षेत्रका बगरफांट, रत्नेचौर, सिमलचौर, पिपलबोट, मौवाफाँट, पोखरेबगर, ताराखेत, सहस्रधारा, हिल्वाङ्ग जस्ता धानको पकेट क्षेत्रमा गौरिया, गुडुर, पोखरेली जेठोबुढो, र लुम्ले बास्मती तथा उपल्लो भेगमा माछापुच्छ्रे–३ र छोम्रोङ्ग धान खेती गरिन्छ । कालीगण्डकी कोरीडोरको सवै भन्दा माथिल्लो क्षेत्रमा धान खेती गरिने वस्ती घार हो । यहाँ दुई हजार दुई सय मिटरसम्म धान खेती गरिन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
