Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

प्रहरी हिरासतमा जानुअघि सभामुख निवासमा महराले गरेका थिए, खसी काटेर दशैं भोज

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ३१० पटक पढिएको
प्रहरी हिरासतमा जानुअघि सभामुख निवासमा महराले गरेका थिए, खसी काटेर दशैं भोज

सभामुख निवासबाट निस्केका एक प्रहरी अधिकृतले सुनाए– “दिउँसो भोजको माहोल थियो, एकै छिनमा यस्तो होला भन्ने त्यो भोजमा बस्नेहरुलाई के थाहा !”

आज बडादशैंको आठौं दिन, महाअष्टमी । दशैं मनाउने क्रममा देशभरका शक्तिपीठमा बली दिइयो । घरघरमा समेत बली दिने, बली नै नभए पनि खसी काटेर भोज गर्ने । दशैं मनाउने नेपालीको सामान्य प्रचलन नै हो ।

बालुवाटारस्थित प्रतिनिधिसभाका सभामुखको निवासमा पनि दशैंको यही चलनले निरन्तरता पायो । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेपछि केही दिन अघि मात्र सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराले पनि खसी काट्न लगाए । परिवार र जम्मा भएका नातागोतालाई खुवाए । तर, सभामुख निवासको दशैं भोजमा कुनै उच्चपदस्थ अधिकारी भने आएनन् ।

दुई दिन अघि मात्र संसद सचिवालयमा कार्यरत ती महिला कर्मचारीले महराविरुद्ध प्रहरीमा लिखित जाहेरी दिएकाले ‘महरा आजै पक्राउ पर्ने, भोलि पक्राउ पर्ने !’ भन्ने चर्चा चलिरहेकै थियो । यो चर्चाबीच महरा कति पिरोलिएका थिए भन्ने सम्भवत उनलाई मात्र थाहा थियो । तर, सभामुख निवासको महाअष्टमीको भोजमा भने उनले त्यसको छनक पनि दिएका थिएनन् ।

निवासभित्र दिनभर भएका गतिविधि र घटनाक्रमलाई हेरेका एकजना सुरक्षाकर्मीले सुनाए– “भोज भनेपछि भोज नै हुन्छ, त्यहाँ भोज बाहेक अरु केही संकेत मैले पाइन ।”

तर, बालुवाटारबाट अलि पर, बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा अर्कै परिस्थिति विकसित भइसकेको थियो । अदालतले महरालाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको थियो । जसै सञ्चार माध्यमहरुमा अदालतले प्रहरीलाई अनुमति दिएका समाचार आए, दशैंको माहोलमा व्यस्त देशको ध्यान एकाएक यो घटनाले खिच्यो । एक छिनमै बालुवाटारस्थि सभामुख निवासको गेट बाहिर पत्रकारको भीड लाग्यो । अलि बेरमा प्रहरीको निगरानी समेत शुरु भयो । हेर्दाहेर्दै ठूलो संख्यामा आएका प्रहरीले महरालाई पक्राउ गर्न सभामुख निवास आफ्नो नियन्त्रणमा राखे ।

तर, यो क्रम केही बेर लम्बियो । किनभने, प्रहरी महरालाई आफ्नै गाडीमा लैजान प्रयासरत थियो । महरा भने प्रहरीको गाडीमा नजाने र निजी गाडी प्रयोग गर्न पाउनु पर्ने अडानमा थिए । त्यहीकारण महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीले एउटा निजी नम्बरप्लेटको स्कर्पियो जीप सभामुख निवासमा छिराए ।

त्यो अन्योलकै बीच सभामुख निवासबाट निस्केका एक प्रहरी अधिकृतले सुनाए– “दिउँसो भोजको माहोल थियो, एकै छिनमा यस्तो होला भन्ने त्यो भोजमा बस्नेहरुलाई के थाहा !”

पारिवारिक स्रोतका अनुसार महरा यसपालिको दशैंमा परिवारसहित दाङ र रोल्पा जाने योजनामा थिए । १२ असोज साँझको त्यो घटना नहुँदो हो त उनी बहालवाला सभामुखको शानसहित यतिखेर गृह जिल्लामा दशैं मनाइरहेका हुने थिए । तर, परिस्थितिले अर्कै मोड ल्याइदियो ।

अब लगातार दशैं विदा रहेकाले महरा कम्तीमा २८ असोजसम्म प्रहरी हिरासत÷नियन्त्रणमै रहनेछन् । त्यतिञ्जेल बडादशैं विधिवत रुपमै सकिइसक्नेछ । नेपालमा बलात्कार प्रयासको आरोपमा पद गुमाउने सम्भवतः सबभन्दा उपल्लो तहका यी पदाधिकारीको दशैं प्रहरी हिरासत÷नियन्त्रणमै बित्नेछ ।

देखापढीमा प्रकाशित समाचार साभार गरेका हौं ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल