FLASH NEWS
  • Loading...

बैंकमा ऋण दिने मात्र होइन, तरलता पनि अभाव

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १६६ पटक पढिएको
बैंकमा ऋण दिने मात्र होइन, तरलता पनि अभाव

कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) मात्रै होइन अनिवार्य तरलता मौज्दात (सिआरआर) नै कायम गर्न पनि बैंकहरुसम्म पैसा अभाव देखिएको छ।
नयाँ आर्थिक बर्ष सुरु भएदेखि बैंकहरुले ऋण लगानी उच्च दरले बढाएका कारण तरलता अभाव चुलिएको हो। यसअघि बैंकहरुलाई ऋण दिन योग्य पूँजीको अभाव भइरहेको थियो भने यसपाली सिआरआर कायम गर्ने तरलतासमेत अभाव भएको छ।
तरलता अभाव बढेका कारण अन्तर बैंक सापटी दर पाँच प्रतिशत पुगिसकेको छ। अभाव चुलिँदै गएपछि राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँ बैंकहरुलाई उपलब्ध गराउँदैछ। बैंकहरुले न्युनतम साढे चार प्रतिशत ब्याजमा यो पैसा पाउने छन्।
‘बैंकहरुले सुरुदेखि नै ऋण उच्च दरले बढाएका कारण तरलता अभाव भएको हो’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने, ‘हामी अध्ययन गरिरहेका छौं।’
दुई महिनाको अवधिमा बैंकिङ प्रणालीबाट करिव ६५ अर्ब रुपैयाँ ऋण गइसकेको छ। तर निक्षेप बढ्नुको साटो घटिरहेको छ। यसले गर्दा बैंकहरुको सिसिडी रेसियो ८० प्रतिशत हाराहारी पुगेको छ भने सिआरआर ४ प्रतिशत कायम गर्न पनि हम्मेहम्मे परेको छ।
बैंकहरुले उठाएको निक्षेपको ४ प्रतिशत सिआआर बापतको रकम राष्ट्र बैंकमा राख्नु पर्छ। भुक्तानी सुरक्षाका लागि सिआरआर राखिन्छ। सिआरआर बाहेकको तरलता करिव ३२ अर्बजति मात्रै छ। यो प्रणालीभरीको तरलता हो। सिआरआर कायम गर्ने पैसाको अभाव ८ बर्षअघि भएको थियो। पछिल्लो समयको तरलता अभाव भने ऋण दिने पैसा नभएर भएको हो। सिआरआर कायम गर्ने पनि तरलता नहुँदा भने बैंकहरुको जोखिम अलिक उच्च हुन्छ।
बैंकहरुले अन्धधुन्द लगानी नगरुन् भनेर राष्ट्र बैंकले बार्षिक ब्यवसायिक योजना मागेको छ। तर बैंकहरुले योजना बुझाएका छैनन्। बुझाएका बैंकहरुले पनि त्यस अनुसार लगानी गरेका छैनन्।
‘अब हामीले अहिलेसम्म सहनशीलता नै देखाएको हो। अब हामीले हतियार नै चलाउनु पर्ने भएको छ’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘योजना अनुसार नजाने बैंकलाई सतर्क गराउनेदेखि आवश्यक कारवाहीसम्म गर्ने छौं। नभए बैंकहरु नसुध्रिने भए।’

बिजमाण्डू

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल