FLASH NEWS
  • Loading...

बेनी–दरवाङ्ग सडक कालोपत्रे कहिले ?

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ५२३ पटक पढिएको
बेनी–दरवाङ्ग सडक कालोपत्रे कहिले ?

म्याग्दी, ५ भदौ ।

सम्झौता अनुसार उखर्रमाउलो तातो गर्मीमा गर्नु पर्ने सडक कालोपत्रे बेनी–दरवाङ्ग सडकमा भने पुसको कठ्याङ्ग्रीदो जाडोमा गरिने भएको छ ।

बेनीदेखी पश्चिम मंगला गाउँपालिका केन्द्र बाबियाचौर, मालिका गापा केन्द्र दरवाङ्ग जोडेने बेनी–दुखुखोलासम्मको १९ किलोमिटर सडक कालोपत्रे ०७६ माघ ४ गतेभित्र सम्पन्न गर्नु पर्ने सम्झौता छ । तर बेनी–दुखुखोला योजनाको साउन मसान्तसम्म भौतिक प्रगति ३६ प्रतिशत मात्र छ । ७ मिटर चौडा ग्राभेड सडकलाई ९ मिटर चौडाई बनाई ग्राभिटी स्तरको पीच गर्न लागिएको हो ।

काठमाण्डौको लामासमान्तर जेभीले ०७४ असोज ४ गते ३० महिना भित्र बेनी–दरवाङ्ग सडक कालोपत्रे योजना सम्पन्न गर्नेगरी ४५ करोड ५३ लाख ७८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । ठेकदार कम्पनीले हालसम्म ५ करोड ८० लाख पेश्की बाहेक १२ करोड ९९ लाख ३४ हजार भुक्तानी लगेको छ ।

‘सडक कालोपत्रे गर्ने तयारी कता हो कता सडक चाक्लो पार्ने, ड्रेन बनाउने समेतका काम नै भएको छैन । ठेकदार कम्पनीलाई हामीले पटक–पटक मौखिक, लिखित ताकेता गर्यौं तर अटेर गरेका छन’ जिल्ला प्राविधिक कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले भने, ‘हिउँदभरी ड्रेन समेतका काम गर्न सके ६ महिना म्याद थपेर पनि पीच गराउन सकिन्थ्यो ।’

प्राविधिक कार्यालयले भने ०७७ असार मसान्त भित्र योजना सम्पन्न गर्ने गरी योजनाकालागी थप बजेट निकासा मागेको जनाएको छ । ४५ करोड ५३ लाख ठेक्का रकम मध्य ठेकदारले लगेको मोविलाईजेसन समेत १९ लाखबाहेक कामको भुक्तानी गर्न आवश्यक पर्ने २३ लाखबढी रकम निकासा गर्न प्रदेश मन्त्रालय मार्फत संघिय सडक विभागमा लेखिपठाएको कार्यालयले जनाएको छ । संघिय सरकारको सडक विभागले ठेक्का लगाएको योजनाको बजेट पनि उसैले ब्यवस्था गर्ने निती अनुसार प्रदेश मातहतको कार्यालयले हेरिरहेको योजनाको बजेट संघिय सरकारलाई मागिएको हो ।

साविकको सडक डिभिजन कार्यालय बाग्लुङ्गले ठेक्का लगाएको यो योजना कार्यालय समायोजन भै प्रदेश मातहतको जिल्ला प्राविधिक कार्यालयमा सारिएको हो । कार्यालय समायोजन प्रकृया र कस्ले हेर्ने अन्यौलले गर्दा ठेकदारले ६ महिनासम्म काम गर्न नपाएको गुनासो गर्दै आएका छन ।

सडक निर्माणमा भैरहेको ढिलाई सम्बन्धमा सम्पर्क गर्न कार्यालयले उपलब्ध गराएको ठेकदार दयाराम थापा र सडकको साईड हेर्ने म्यानेजर गोविन्द भुषाल दुवैले फोन रिसिभ गरेनन । ठेकदार थापाले फोन पटक–पटक काटे भने म्यानेजर भुषाले घन्टी गएपछि स्वीच अफ गरे ।

त्यसैविच बेनी–दरवाङ्ग २४ किमी सडकमध्य बाँकी दुखुखोला–दरवाङ ६.८ किलोमिटर खण्ड गण्डकी प्रदेश सरकारको सहयोगमा कालोपत्रे गर्न काम सुरु भएको छ । २२ करोड लागतमा सडक कालोपत्रे गर्ने काम विहिवार मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमायाँ विटालुले साउन ३० गते संयुक्त शिलन्यास गरे । विरुवा क्याराभान कन्टक्सनले २४ महिना भित्र नाली सहित ७ मिटर चौडा सडकमा कालोपत्रे गर्ने ठेक्का लिएको हो ।

‘गाउँपालिका केन्द्रसम्म सडक पीच गर्न सीमा क्षेत्रबाट सुचारु गरेका छौं । दुई बर्ष भित्र ७ मिटर पीच सहित नाली र ड्रेनसहितको पक्की सडक जोड्छौं’ मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले भनिन, ‘सडकमा काम गर्ने कुनै अवरोध नल्याउन गाउँपालिकाले पुरै सहयोग गर्छौं ।’

०५४ सालदेखी साविक जल्ला विकास समिति, गाविसको लागतमा निर्माण शुरु गरिएको उक्त सडक एशियाली विकास बैंकको रिण सहयोगमा कृषी सडक विभागद्धारा संञ्चालित विकेन्द्रीत ग्रामिण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (म्च्क्ष्एी) र सडक डिभिजन कार्यालय बाग्लुङ्गबाट ग्राभेलस्तरमा निर्माण गरेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल