Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

किन फोडियो श्वास्थ्य कार्यालयको ताला ?

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ५३६ पटक पढिएको
किन फोडियो श्वास्थ्य कार्यालयको ताला ?

म्याग्दी, १७ साउन ।

स्वास्थ्य कार्यालयका तथ्याङ्ढ प्रमुख मेघनाथ रेग्मी र अर्का कर्मचारी भरत आचार्यले प्रशासन प्रमुख रघुनाथ रेग्मीको कार्यकक्षमा लगाएको चापी फोडेका छन ।

अख्तियार दुरुपायोग अनुसन्धान कार्यालयको छानविनमा परेपछि प्रशासन प्रमुखमा लागेको ताला तथ्याङ्ढ प्रमुख रेग्मी र कर्मचारी आचार्यले तेस्रो पक्षको रोहवर विना फोडेका हुन । भरतलाई कार्यालय प्रमुख र प्रशासन प्रमुख विरुद्ध नियोजित रुपमा अख्तियारमा उजुरी गर्ने ‘सुराकी’ को आरोप एउटा पक्षले लगाएको छ ।

‘ताला नफोड्दैमा कुनै काम वितिहाल्ने अवस्था नहुँदा नहुँदै मेघनाथ रेग्मी र भरत आचार्यले कार्याकक्षमा लगाएको ताला फोडीएकोले अनुसन्धानक्रममा रहेका फाईलमा कागजपत्र नष्ट गर्ने, थप्ने काम भएको गम्भीर आशंका छ’ जिल्ला अस्पतालकी कर्मचारी समेत रहेकी कार्यालय प्रमुख भीम आचार्यकी श्रीमति तुलसी आचार्यले भनिन, ‘आफैले कार्यालयको बजेट पेस्की लिएर फस्यौट नगर्ने, आफैले अख्तियारमा मुद्धा हाल्ने र फेरी आफैले बन्द कार्यकक्षको ताला फोड्ने संयोग हुँदै होईन, नियोजित नै हो ।’

अख्तियारले अनुसन्धान गरिरहेका कार्यालयका फाईल, कागजपत्र नष्ट गर्ने र किर्ते कागज थप्ने नियतबाट कार्यालय सहयोगीहरुलाई समेत बाहिर पठाएर षडयन्त्र पूर्वक ताला फोडिएको भन्दै केही तुलसी आचार्यले प्रमुख जिल्ला अधिकारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेपछि घट्नास्थल नियन्त्रणमा लिई आरोपितसंग बयान गरेको छ । तस्रो पक्षलाई रोहवर नराखी ताला फोडेपछि प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले घट्ना स्थलको मुचुल्का एवं तथ्याङ्ढ प्रमुख मेघनाथ र कर्मचारी भरत आचार्य समेत कार्यालयका सवै कर्मचारीको बयान लिएर पुनः ताला लगाएको छ ।

‘आख्तियारमा छानविन भैरहेको मुद्धाका एउटा पक्षले तेस्रो पक्षको रोहवर विना कार्याकक्ष तथा टेवुलको घर्रा समेतमा लगाएको ताला फोडिएको जानकारी आएपछि सरोकारवालासँग सोधपुछ गरी पुनः ताला लगाएका छौं’ छानविन गर्न प्रहरी सहित स्वास्थ्य कार्यालय पुगेका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले भने, ‘लिखित उजुरी परेकोले अनुसन्धानलाई प्रभाव नपार्न चापी फोडिएको घट्नाका छानविन सुरु गरिएको हो । अनुसन्धान क्रममा रहेकोले थप बोल्ने अवस्था छैन ।’

विभिन्न कार्यक्रमको पेस्की फस्यौट गर्ने विषयमा कार्यालय प्रमुख र लेखा अधिकृतसँग  मतभेद भएपछि विभागीय कर्मचारीले नै अख्तियारमा उजुरी गरेका थिए । उजुरीको आधारमा ै अख्तियारका १५ सदस्यीय टोलीले कार्यालय प्रमुख समेत केही कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल