FLASH NEWS
  • Loading...

गलेश्वर बेलिब्रिज उच्च जोखिममा

  • पुनहिल डट कम
  • ५ साल अघि
  • ४६३ पटक पढिएको
गलेश्वर बेलिब्रिज उच्च जोखिममा

म्याग्दी, २३ असार ।

बेनी–जोमसोम–कोरला सडकको गलेश्वर स्थित राहुघाट नदी माथी निर्मित बेलीव्रिज भत्कने जोखिममा छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना अर्न्तगत रहुघाट नदीमाथी निर्माणाधिन पक्की पुलको फाउण्डेसन निर्माण ढिलाईले पानीको बहाव परिवर्तन भै बेलीव्रिजको गलेश्वर पट्टीको फाउण्डेसन भासिएको हो ।

‘बेलीव्रिज उच्च जोखिममा छ । कुनैपनि बेला बेनी–जोमसोम सडक अवरुद्ध हुने अवस्था छ’ प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने, ‘आयोजना प्रमुखलाई तत्काल व्रिज संरक्षणमा काम थाल्न निर्देशन गरेको छु ।’

सदरमुकाम बेनीदेखी ३ किलोमिटर उत्तर बेनी नगरपालिका, ९ गलेश्वर र रहुगंगा गाउँपालिका, ३ पिप्लेको सीमावर्ती राहुघाटको पिप्लेपट्टी पक्की पुलको फाउण्डेसन राख्न नदीको बहाव विपरित गलेश्वरपट्टी सोझिएर कटान थालेपछि बेलीव्रिज जोखिममा परेको हो ।

‘ठेकदारको चरम लापरबाही र काम प्रतिको हेलचक्र्याईले बेनी–जोमसोम र उत्तरी भेग जोड्ने बेलिव्रिज मात्र होईन पिप्लेपट्ट पुलमुख वस्ती पनि बाढीको जोखिममा परेको छ’ स्थानीय मोहन केसीले भने, ‘वस्ती र ब्रिज जोगाउन तत्काल तटवन्ध आवश्यक छ । तत्काल नदी कटान नरोके मुस्ताङ्ग तथा उत्तरी भेगका रघुगंगा र अन्नपूर्ण गाउँपालिका यातायात सम्पर्क विच्छेद हुन्छ ।’

पुलको ठेक्का लिएको शर्मा/युनाईटेड विल्डर्स जे/भी काठमाण्डौले पुलको फाउण्डेसन निर्माणमा ढिलाई तथा लापरबाही गर्दा समस्या आएको हो । फाउण्डेसन राख्न पुरानो तटवन्ध भत्काएको पनि नयाँ नराखिएकोले गलेश्वर वस्ती समेत व्रिज उच्च जोखिममा परेको छ ।

नदीमा हरेक दिन पानीको सतह बढेको छ । मनसुन सुरु भएकोले नदीमा पानीको सतह बढेपछि ठेकदारले फाउण्डेनकालागी खनेको खाडलमा जग समेत राख्न सकेको छैन । बेलीव्रिजले बेनी–जोमसोम सडकबाहेक जिल्लाका रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका सडकलाई पनि जोड्छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल