FLASH NEWS
  • Loading...

मंगलामा सार्वजनिक सुनुवाई

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४६० पटक पढिएको
मंगलामा सार्वजनिक सुनुवाई

म्याग्दी, १ असार ।

मंगला गाउँपालिकाले आव ०७५/०७६ मा संञ्चालन गरेका योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाह सम्बन्धमा आईतवार सार्वजनिक सुनुवाई गरेको छ ।

मंगला गाउँकार्यपालिकाको कार्यालयको आयोजना तथा म्याग्दी मिडिया सोसाईटीको ब्यवस्थापन/सहजिकरणमा आईतवार गाउँफालिका केन्द्र बाबियाचौरमा सरोकारवाल विच सार्जजनिक सुनुवाई गरेको हो ।

कार्यक्रममा शिक्षा, सडक, सुरक्षा, महिला, दलित, कृषीका कार्यत्रम तथा कार्याल्यबाट सम्पादन गरिएका सेवा प्रवाहमा स्थानीयले चासो राखेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँ कार्यापालिका तथा वडा सदस्यहरु, उपभोक्ता समितिका पदाधिकारी र कर्मचारीको बाक्लो उपस्थिती रहेकोले उपभोक्ताको तर्फबाट ज्यादै न्यून र मसिनो स्वरमा मात्र प्रश्न उठे ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले सम्पन्न गर्ने योजनाहरुमा जानकारी वोर्ड नहुने तथा भएका वोर्डमा आयोजनाको खास पक्ष, रड, सिमेन्ट, गिटी, वालुवाको मिश्रण अनुपात, प्रयोग हुने गुणस्तर, कति मिटर लामो, चौडाई आदी पक्ष गोप्य राखिएकोले ठेकदार र समितिले उपझोक्तालाई गुमराहमा राख्ने गरेको गुनासो गरेका थिए ।

कार्यत्रममा शिक्षा संग सम्बन्धीत विषयमा शिक्षा शाखा प्रमुख डेकबहादुर बानियाँ, सडकका विषयमा इन्जिनियर सोहनजंग कार्की, सुरक्षा तथा लागुपदार्थका सम्बन्धमा इलाका प्रहरी कार्यालय दरवाङ्गका प्रहरी निरिक्षक रामप्रसाद पाण्डे, वडाध्यक्ष कविन्द्र रोकाले प्रष्ट पारेका थिए ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत कृष्ण गौतम, उपाध्यक्ष सृजना केसी र अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाले अख्तियार गरेका नीति, कार्यक्रमका विविध पक्षमा चर्चा गर्नुकासाथै आगामी वर्षका योजनाका प्राथमिकता बारे बताएका थिए ।

उपाध्यक्ष सृजना केसीको अध्यक्षता, अध्यक्ष सतप्रसाद रोकाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले गापाले आव ०७५/०७६ मा सम्पन्न योजना तथा कार्यक्रमको प्रगति प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमको मिडिया सोसाईटीका पत्रकार सन्तोष गौतम र घनश्याम खड्काले सहजीकरण गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल