FLASH NEWS
  • Loading...

बेनीमा कर नीति सम्बन्धी अभिमुखिकरण

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४९४ पटक पढिएको
बेनीमा कर नीति सम्बन्धी अभिमुखिकरण

म्याग्दी, २० जेठ ।

नयाँ राजश्व तथा नीति सम्बन्धी ब्यवस्था जानकारी गराउने उद्देश्यले सोमबार बेनीमा रहेका ब्यवसायी एवं सरोकारवालासँग जाननकारी मुलक अभिमुखिकरण सम्पन्न भएको छ ।

आन्तरिक राजश्व कार्यालय बाग्लुङ्ग र उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा संघिय सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आर्थिक बर्ष ०७६/०७७ को बजेटमा समावेश भएको नयाँ राजश्वका दर तथा परिवर्तन गरेका नीति सम्बन्धमा म्याग्दीका ब्यवासायीलाई राखेर अभिमुखिकरण गरेका हुन ।

बजेटले ब्यवस्था गरेको नयाँ नीतिले ब्यवसायलाई विधुतिय प्रणालीमा लैजान जोड दिएको छ । अव कुनै पनि १० लाख माथीको भुक्तानी चेक वा विधुतिय माध्यमबाट मात्र गर्नु पर्ने छ । रु एक हजारमाथी प्यान वील अनिवार्य गरेको छ । कानुन ब्यवसायी तथा लेखापरिक्षकहरु पनि अव अनिवार्य रुपमा मुल्य अभिबृद्धि कर (भ्याट)मा जानु पर्ने भएको छ ।

नयाँ आर्थिक नीति अनुसार अव सवै खाले ब्यवसायमा संलग्न हरेक तह र क्षेक्रका कर्मचारीको ब्यत्तिगत प्यान अनिवार्य गरिएको छ । हाल सम्म कर्मचारीले एक्लैले तीन लाख ५० हजार र दम्पत्तिको चार लाख  हजारसम्म आम्दानी भएमा १ प्रतिशत सामाजिक सुरक्षा करको तिर्दै आएकोमा आम्दानीको दायर बढाएर ब्यक्तिगत चार लाख र दम्पत्तिको आम्दानी चार लाख ५० हजारसम्म भएमा सामाजिक सुरक्षा कर १ प्रतिशत मात्र रहने भएको छ ।

आन्तरिक राजश्व कार्यालयका कर अधिकृत सुन्दर श्रेष्ठले आव ०७६/०७७ को बजेटले आर्थिक ऐनमा परिवर्तित ब्यवस्था तथा राजश्वका विषयमा जानकारी गराएका थिए । अभिमुखिकरण कार्यक्रममा प्रमुख कर अधिकृत हेमराज सुवेदीले सहभागीले उठाएका जिज्ञासालाई प्रष्ट पारेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल