FLASH NEWS
  • Loading...

चिसो बढ्ता सवारी चाप घट्यो

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३८३ पटक पढिएको
Post Thumbnail


चिसो बढेसँगै मुस्ताङ्ग भ्रमणमा आउने पर्यटकको संख्या स्वात्तै घटेपछि बेनी–जोमसोम सडकमा सवारी नगन्य गुड्न थालेका छन । मुस्ताङ्ग भ्रमणमा अनउने मात्र होईन, जाडो छल्न मुस्ताङ्गी आफैपनि वेंशी झरी सकेकोले बेनी–जोमसोम सडकमा सवारी चाप न्यन भएको हो ।

फाट्टफुट्ट पर्यटक र अवलोकन भ्रमणमा आएका बाहेक बेनी–जोमसोम सडकमा चल्ने सवारी साधनमा यात्रु संख्या पातलो छ । लाग्दो असोजदेखी नै दैनिक भरिभराउ हुने यस क्षेत्रका होटलहरुमा अहिले पाहुन घटेका छन । ब्यवसायी पाहुन खोज्न वसपार्क तिर भौतारिन थालेका छन ।

बेनी–जोमसोम सडकमा मुलत सिजनेवल सवारी चाप हुन्छ । असोज, कात्तिक र फागुन, वैशाख गरी ५ महिनामा यात्रुको चाप बढी हुन्छ । असोज/कात्तिक बेनी–जोमसोम सडकमा ट्राफिक चाप बढ्ने पीक  सिजन हो । असार/भदौ बाढीपहिरोले सडक अवरुद्ध हुन्छ भने, मंसिर–माघ अधिक चिसोले यस रुटमा यात्रु संख्या घट्छ ।

‘बेनी–जोमसोम सडकमा एकाध दिनबाहेक बाहै्र महिना सवारी संञ्चालन हुन्छ । तर यात्रुको चाप भने सिजनेवल छ’ म्याग्दी कोरला यातायात प्रालिका अध्यक्ष सुरत केसीले भने, ‘हिन्दुको चाड बडा देशैं र चैते दशैंको सिजनमा ट्राफिक चाप बढ्छ । अनुकुल मौषम भएकोले गर्दा यो सिजनमा यात्रु बढ्छन ।’
त्यसैगरी बेनी–जोमसोम सडकमा सवारी चाप घटेसँगै बेनी–घाँसा खण्डमा दैनिक ८ घन्टा यातायात बन्द गरी निर्माणलाई तिब्र बनाईएको छ । बेनी–जोमसोम सडकको स्तर उन्नत गर्ने काम भैरहेकोले दैनिक दुई समय विहान ७.३० बजेदेखी ११.३० बजेसम्म र दिउँसो २.३० बजेदेखी साँझ ६.३० बजेसम्म सडक बन्द हुने प्रहरीले सूचना जारी गरेको हो ।

‘सडक निर्माण र यातायात संञ्चालन ब्यवस्थित गर्न रुटिन बनाई सवारी चलाउने ब्यवस्था मिलाएका हौं’ प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने, ‘बेनी–जोमसोम खण्डमा सवारी चाप कम भएकोले सडक बन्द गर्ने समय सीमा बढी तोकिएको हो ।’

७ मिटर पीच सहित १० मिटर चौडा सडक निर्माण गर्न बेनी–जोमसोम ७६ किलोमिटरलाई ४ प्याकेज बनाई २ अर्व ४९ करोडमा आगामी ०७६ पुस मसान्तमा काम सक्नेगरी ठेक्का सम्झौता भएपनि काम भने सुस्त छ । कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार २० किमी खण्डको प्रत्यक प्याकेज मध्य पहिलो बेनी–तातोपानीसम्म शर्मा/युनाईटेड जेवि कम्पनीले, तेसैगरी दोस्रो र तेस्रो प्याकेजमा शर्मा/गजुरमुखी जेभिले काम गरिरहेका छन । हिमालपारीको मुस्ताङ्ग क्षेत्रमा पर्ने तेस्रो र चौथो प्याकेजमा भने अधिक चिसोकाकारण फागुनसम्मकालागी काम स्थगित गरिएको छ । त्यसैगरी आयोजनाले जोमसोम–कोरला १ सय १० किलोमिटर लामो सडकलाई ७ प्याकेजम बनाई काम भएको छ । ०७५ सालको कात्तिकमा सम्पन्न गर्नेगरी २ अर्व ५० करोडको लागतमा ग्राभेल स्तरमा निर्माण भैरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल