Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

दक्षिण फर्केर हेर्दा…….‘लुकेकाे हिमश्रृखला’

दक्षिण फर्केर हेर्दा…….‘लुकेकाे हिमश्रृखला’

नेपालको उत्तरतर्फ हेर्दा पूर्व–पश्चिम फैलिएका दन्तलहर झै देखिन्छन, हिमश्रृखलाहरु । थोरै ठाउँबाट मात्र हिमाल हेर्न दक्षिण फर्कनु पर्छ । र त्यो हिमश्रृखला दक्षिणबाट उत्तर तर्फ फैलिएको छ ।
हिमालपारीको जिल्ला मुस्ताङबाट दक्षिण फर्कदा निलगिरी नर्थ र टुक्चेपीक हिमाल नजिकै देखिन्छ । तर मुस्ताङको उपल्लो थलो लोमन्थाङ अझ माथी चीन सिमावर्ती कोरला डाँडाबाट दक्षिण फर्केर हेर्दा मनोरम लुकेको हिमश्रृखला देख्न सकिन्छ । उपल्लो मुस्ताङबाट देखिने हिमश्रृखला अन्यत्रबाट देखिने हिमालहरु हैनन ।
मुस्ताङबाट कालीगण्डकी नदी अन्नपूर्ण र धौलागिरी हिमाल विचबाट कटान गरी संसारको सर्वाधिक ६ हजार ९ सय ६७ मिटर गहिरो घाँटी बनाई बग्छ । त्यसलाई संसारको सर्वाधिक गहिरो अन्धगल्छी भनिन्छ । धौलागिरी हिमालविचमा ३५ किलोमिटर मात्र हवाई दुरीको भिन्नता छ ।


अन्धगल्छीमा बग्ने कालीगण्डकी नदीको पूर्व तर्फ अन्नपूर्ण प्रथम (८०९१ मी.) हिमश्रृखला वराहशिखर, माछापुच्छ्,े गंगापूर्ण, लम्जुङ हिमाल, मनास्लु हुँदै जुगलहिमालमा पुगेर टुँङिगन्छ । र पश्चिम धौलागिरी (८१६७ मी.) हिमश्रृखला धौलागिरीका ६ वटा टाकुरासहित टुक्चेपीक, गुर्जाहिमाल, चुरेन, पुथा, अरनिकोहुँदै मुकुट हिमालसम्म पुगेर टुङ्गीन्छ ।


निलगिरी हिमश्रृखलाको सवैभन्दा दक्षिणमा निलगिरी साउथ रहेको छ । क्रमशः निलगिरी नर्थ, तिलिचो पिक, हिउँथुम्को, मनाङहिमाल, दामोदरहिमाल, भृकुटी–शैल हिमाल, गौगिरी र सवैभन्दा छेउमा लुगुला हिमाल अवस्थित छ ।
यी अन्नपूर्ण र धौलागिरी हिमालको विचमा निलगिरी हिमालको चुचुरो देखिन्छ । दक्षिणबाट उत्तर तर्फ हेर्दा अन्नपूर्ण र धौलागिरीको विचमा उभिएको निलगिरी हिमाल अन्नपूर्ण हिमश्रृखलाकै एउटा भाग जस्तो देखिन्छ । तर दक्षिणबाट उत्तर तर्फ फैलिएको निलगिरी हिमश्रृखलालाई लुकेको हिमश्रृखला (हिडन हिमालय रेञ्ज’ हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल