Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

सभामुखलाई अपराधी भनेपछि…..

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २१७ पटक पढिएको
सभामुखलाई अपराधी भनेपछि…..

पूर्वमन्त्री प्रभु साहले सभामुख अग्निप्रसाद सापकोटालाई अपराधीको संज्ञा दिएका छन् ।

बुधबार भक्तपुरमा आयोजित आईटी आर्मीको केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका साहले सम्मानित ओहोदामा बसेका सभामुखले तटस्थ भूमिका निर्वाह गर्नुको सट्टा तल्लो स्तरको कार्यकर्ताको भूमिका देखाएको आरोप लगाएका हुन् ।

कुनै बैठकको निर्णय बिनै प्रचण्डको एकल पत्रको आधारमा उनीसहित कयौं सांसदलाई पदमुक्त गरेको सूचना टाँस्न थोरै पनि ढिलाई नगर्ने सभामुखले विधि पूर्वक दर्जनौं सांसदलाई पदमुक्त गर्ने निर्णय पठाउँदा पनि हप्ता दिनसम्म अल्झाएर पत्र फर्काएको साहको आरोप छ । पूर्वमन्त्री साहले सभामुख सापकोटालाई प्रचण्डको लठैत रहेको आरोप लगाएका छन् ।

सभामुखको अमर्यादित हर्कतले वर्तमान व्यवस्था नै मजाक बनेको उनको ठहर छ । सभामुख सापकोटाले कानुन निर्माणदेखि कानुनको कार्यान्वयन अनुगमन गर्ने सम्मानित सदनको समेत अपमान गरेको पूर्वमन्त्री साहको आरोप छ ।

‘सभामुख जस्तो देशको एउटा सम्मानित ओहोदामा बसेको व्यक्ति तटस्थ रहनुपर्ने हुन्छ । तर, खुलेआम रूपमा सभामुखले पदीय मर्यादा बिर्सेर एउटा दलको तल्लो स्तरको कार्यकर्ताको भूमिकामा निर्वाह गर्नुभयो,’ उनले भने । प्रचण्डको एउटा पत्रको भरमा सभामुख सापकोटाले आफूहरूलाई पदमुक्त गरेको उनको भनाई छ ।

आज बसेको आईटी आर्मीको बैठकले संगठन विस्तारलाई तीव्रता दिँदै कार्य विभाजन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल