Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

बेनी अस्पतालमा कीट नहुँदा डेंगु र स्क्रव टाईफस परिक्षण गर्न समस्या , विरामीलाई सास्ती

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८८ पटक पढिएको
बेनी अस्पतालमा कीट नहुँदा डेंगु र स्क्रव टाईफस परिक्षण गर्न समस्या , विरामीलाई सास्ती

बेनी अस्पतालमा कोरोना संक्रमणको जस्तै लक्षण देखिने डेंगु र स्क्रब टाईफसको संक्रमण बढेपनि परिक्षण गर्ने किट नहुँदा रोग पहिचान गर्न समस्या भएको छ ।
बेनी अस्पतालले विरामीको एन्टीजिन र पिसिआर परिक्षण गर्दा नेगेटिभ आएपछि डेंगु र स्क्रब टाईफसको परिक्षण गर्न बाहिर निजी क्लिनिकमा पठाउने गरेका छन । अस्पतालमा निशुल्क गरिने डेंगु र स्क्रब टाईफसको बाहिर क्लिनिकमा प्रति विरामीले एक हजारसम्म मुल्य तिर्नु बाध्य छन ।
‘बेनी अस्पतालको ल्यावमा डेंगुको डेढ महिना देखी र स्क्रव टाईफसको ७ महिनादेखी परिक्षण किट सकिएको छ । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिने डेंगु र स्क्रब टाईफसको परिक्षण नहुँदा विरामी पोखरा पुग्ने गरेका छन’ अस्पतालका मेडिकल रेकर्डर प्रकाश शर्माले भने, ‘हामीले गण्डकी प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्था केन्द्रलाई किट पठाई दिन पत्राचार गरेपनि आएको छैन । समयमा पहिचान नहुँदा विरामीले लक्षण मिलेकै भरमा अर्कै औषधी सेवन गर्नु पर्ने बाध्यता छ ।’
मेडिकल रेकर्डर प्रकाश शर्माका अनुसार ०७८ वैशाख देखी असार १७ गतेसम्म जिल्लामा डेंगुका १२ जना र स्क्रव टाईफसका चार जना विरामी फेला परेका छन । डेंगुका विरामी अस्पतालकै ल्यावमा पत्ता लागेका हुन । स्क्रव टाईफसका विरामी बाहिर निजी ल्यावमा पत्ता लागेका हुन ।
‘भदौ र असोज स्क्रव टाईफस संक्रमणको पीक आवर हो । गत वर्ष भदौमा एक सयबढीमा डेंगु र ६० जना बढीमा स्क्रव टाईफस देखिएको थियो’ शर्माले भने, ‘यो डेंगुको सिजन हो । डेंगु र कोरना भाईरस (कोभिड–१९) रोगको लक्षण मिल्दो हुँदा आत्तिनु हुँदैन । माक्स लगाउने, एकान्तवास वस्ने ब्यवहारलाई पनि छोड्नु हुँदैन ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल