Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

रअले नेपालको राजतन्त्र फ्याँकेको रअका पूर्व विशेष निर्देशकको खुलासा

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २३६ पटक पढिएको
रअले नेपालको राजतन्त्र फ्याँकेको रअका पूर्व विशेष निर्देशकको खुलासा

नेपालको राजतन्त्र फ्याँकेर संवैधानिक गणतन्त्रको स्थापना गराउनका लागि भारतको गुप्तचर एजेन्सी रअले ३० वर्षअघि १९९० मै गुप्त अपरेशन सुरु गरेको रअका पूर्व विशेष निर्देशक अमर भूषणले खुलासा गरेका छन् । उनले आफ्नो किताब ‘इनसाइड नेपाल’मा यस्ता कैयौं कुराहरुको वर्णन गरेका छन् जसले नेपाललाई असीमित बाह्य शक्तिहरुले आफूले चाहेको बाटोतर्फ डोर्याएको पुष्टि गर्छन् ।

भूषणका अनुसार नेपालमा रअको जासुसी अपरेशन यहाँका फरक फरक विचारधारा भएका राजनैतिक दलहरुबीच एकता कायम गर्न मात्रै केन्द्रित थिएन उसले यहाँ आफ्नो अपरेशन संचालन गर्नको लागि स्रोत र साधनसमेत जुटाइरहेको थियो । भूषणले रअको पूर्वी ब्युरो प्रमुखका लागि जीवनाथन भन्ने छद्म नाम प्रयोग गरेका छन् जसले नेपालमा तत्कालीन राजा वीरेन्द्रको नेतृत्वमा रहेको राजतन्त्रलाई फ्याँक्ने अपरेशनको नेतृत्व गरेका थिए ।

३० वर्षअघि भारतले नेपालमाथि लगाएको नाकाबन्दी पनि रअको राजतन्त्र फ्याँक्ने मिसनकै एक हिस्सा भएको समेत भूषणले खुलासा गरेका छन् । तत्कालीन भारतको राजीव गान्धी रकारले नेपालमा जनआन्दोलनलाई सहयोग गर्ने निर्णय गरेको थियो । त्यसपछि राजालाई दबाब दिनको लागि धेरै कूटनीतिक प्रयासहरु भएका थिए । तर, ती सबै प्रयास विफल भएपछि राजालाई प्रजातन्त्र पुनःस्थापनाका लदागि बाध्य पार्न नाकाबन्दी लगाइएको भूषणले उल्लेख गरेका छन् ।

माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डलाई फकाएर अन्य राजनैतिक दलहरुसँग मिलाएर राजतन्त्रविरोधी आन्दोलनमा सबै दललाई एकसाथ ल्याउन रअले निकै लामो समय खर्च गरेको भूषणले खुलासा गरेका छन् । प्रचण्डलाई राजनीतिक दलसँग सहकार्यको लागि सहमत गराउन कैयौं महिनाको प्रयास र कैयौं राउण्ड छलफल गर्नुपरेको थियो । भूषणका अनुसार त्यतिबेला रअ सााच्चै राजतन्त्र हटाउन चाहन्छ भन्ने विषयमा प्रचण्डलाई शंका थियो त्यसैले एक पटक उनले जीवनाथनसँग ‘हामी राजाबाट शासित हुन्छौं वा गणतान्त्रिक व्यवस्थाबाट भन्ने कुरामा तपाइँहरुलाई किन यति चिन्ता छ ?’ भनेर सोधेका थिए । dcnepal.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल