Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

मनसुनजन्य विपतबाट प्रभावितहरुको गुनासो : घरीघरी फारम मात्र भर्छन, घर बनाउने पैसा पठाउँदैनन

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १९९ पटक पढिएको
मनसुनजन्य विपतबाट प्रभावितहरुको गुनासो : घरीघरी फारम मात्र भर्छन, घर बनाउने पैसा पठाउँदैनन

फोटो : थमसरा पुन (धवलागिरी गापा, अध्यक्ष)को फेसवुकबाट

मनसुनको औपचारिक प्रवेश नहुँदै झरी, वर्षा र बाढीपहिरो सुरु भैसकेको छ । मौषम पूर्वानुमान अनुसार देशमा यही सातादेखी देशमा मनसुन प्रवेश गर्दैछ ।
यो वर्ष औषतभन्दाबढी वर्षा हुने भएकोले मनसुनजन्य विपदका घट्ना बढी हुने अनुमान छ । तर गत वर्षको मनुसनजन्य विपदबाट घर गुमाएका म्याग्दीका पिडितहरुले भने अझै बास पाउन सकेका छैनन ।
सरकारले मनसुनजन्य विपदबाट क्षतिग्रस्त निजी आवास पुननिर्माणतथा पुर्नवास गराउन प्रति परिवार ५ लाख ५० हजार र यदी घर बनाउने जग्गा नभए घडेरी किन्न थप ३ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय मार्फत दिएको छ । तर यहाँका स्थानीय तहले लाभग्राहीसँग सम्झौता गरी बजेट माग गर्न ढिलाई गर्दा समयमै रकम निकासा हुन सकेको छैन ।
स्थानीय तहले लाभग्राहीको वैंक खाता विवरण, निर्माण गर्ने घरको मोडेल स्वीकृति समेत घर निर्माण सम्झौता गरी रकम निकासाकालागी जिल्ला प्रशासन कार्यालयमा शिफारिस गर्नु पर्नेमा धवलागिरी र मंगला गाउँपालिकाले बाहेकले जेठ २२ गतेसम्म निकासाकालागी शिफारिस गरेका छैनन ।
‘पटक–पटक डाटा लिने, मोवाईल एप्लीकेसनमा भर्ने गर्दागर्दै अर्को वर्षा लागी सक्यो तर घर पुर्ननिर्माण गर्न अझै धवलागिरी र मंगलाका केही लाभग्राही बाहेक सवैले पहिलो किस्ता रकम पनि पाएका छैनन’ जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भने, ‘शिघ्र लाभग्राहीको पहिलो किस्ता रकम निकासा लिन ताकेता गरेका छौं । छिटो रकम निकासा दिन पाए, पालमा बसेका लाभग्राहीलाई टहरामा सार्न सकिन्थ्यो ।’
समितिका अनुसार गत वर्षको मनसुनजन्य विपद (बाढीपहिरो) बाट २ सय ४७ घर वस्नै नमिल्ने गरी भत्केपछि ति घरपरिवार विस्थापित छन । उनीहरु अहिले बसाई सरेपछि रिक्ता आफन्तको घरमा र केही जस्तापाताको अस्थाई टहरामा बस्दै आएका छन ।
अभिलेख अनुसार गत वर्षको मनुसनजन्य विपदबाट रघुगंगा गापामा १६, अन्नपूर्ण गापामा १५, मंगला गापामा २३, बेनी नगरपालिकामा ५७, धौलागिरी गापामा ५९ र मालिका गापामा ८९ घर बाढीपहिरोले पुरै वगाएको/पुरेको थियो । त्यसैगरी घर नभत्केका तर वस्ती/घर पहिरोको उच्च जोखिममा परेका ८ सय २१ घर लाई स्थानन्त्रणगरी सुरक्षित स्थामा पुर्नवास गराउनु पर्ने जिल्ला विपद ब्यवस्थापन समितिले जनाएको छ ।
हालसम्म धवलागिरी गाउँपालिकाले ३४ घर र मंगला गापाले १८ परिवारलाई पुर्नवास गराउन घर पुर्ननिर्माण गर्न पहिलो किस्ता रकम लगेका छन । पहिलो किस्ता पाएका अधिकांश लाभग्राहीको घर पुर्ननिर्माण अन्तीम चरणमा छन ।

dg;’ghGo ljkbaf6 lj:yflktsf] k’g{jf;sfnfuL lgld{t 3/ M wjnflu/L ufp“kflnsf, & tfsddf klx/f]af6 lj:yflktnfO{ k’g{jf; u/fpg lgdf{0f ul/Psf] Ps lghL cfjf; -3/_ . ut jif{sf] dg;’ghGo ljkb -af9Lklx/f]_ af6 wjnflu/Lsf %( 3/ aufPsf] lyof] . tLdWo !$ j6f 3/ DofUbL k|jf;L g]kfnL ;+3 -df]gf_n] agfPsf] xf] af“sL 3/ :yfgLo ;/sf/sf] !) k|ltzt, u08sL k|b]zsf] #) k|ltzt / af“sL ;+l3o ;/sf/sf ;fem]bf/Ldf % nfv %) xhf/ nfutdf lgdf{0f x’g nfu]sf x’g . DofUbLsf @ ;o $& 3/ aufPsf]÷j:g} gldNg]u/L eTs]kl5 lt 3/kl/jf/ lj:yflkt 5g . t:jL/ M sflGtk’/

‘डकुमेन्ट नमिलेका केही घरबाहेक हामीले गतवर्षको मनसुनजन्य विपतबाट घरवारविहिन भएका सवै लाभग्राहीलाई सम्झौता गराई धमाधम काम गराएका छौं । संघ र प्रदेशबाट आउने पैसा आउँदै गर्छ, पहिला पालमा भएका जनतालाई घरमा सार्न खटेको छु’ धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन, ‘प्रवासी म्याग्देली समेत विभिन्न सामाजिक संस्था, स्थानीयवासीको सहयोगले हामीलाई ठूलो प्रेरणा र दवाव पनि दियो ।’
पुर्नवासकालागी पुर्ननिर्माण कार्यविधी अनुसार विपतबाट घरवारविहीनलाई पुर्नवास गराउन स्थानीय तहले १० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशल र संघीय सरकारले ६० प्रतिशत रकम जिल्ला विपद ब्यवस्थापन समितिको खातामा जम्मा गरेपछि लाभग्राहीलाई किस्ता वन्दीमा रकम भुक्तानी दिने ब्यवस्था छ ।
मनसुनजन्य विपतबाद्ध घर गुमाएका पीडितको पुर्नवासकालागी निजी आवास पुर्ननिर्माण संघ तथा प्रदेश सरकाले विलम्ब गरेपनि स्थानीय सरकार र सामाजिक संस्थाले भने क्षमता अनुसार काम गरिरहेका छन ।
त्यसैविच पहिरोबाट घरवार गुमाई विस्थापित २ सय ४७ घर मध्य म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले ४० परिवारलाई नयाँ घर निर्माण गरेको छ । मोनाले मालिका गाउँपालिका, ७ विममा १० घर, धवलागिरी गाउँपालिकामा १४ घर मंगला, रघुगंगा, अन्नपूर्ण गापा र बेनी नगरपालिकामा ४–४ वटाका दरले १६ घरसमेत ४० वटा नयाँ घर निर्माण गरेको जनाएको छ ।
‘३५ घरपरिवारलाई पालको बासबाट घरमा स्थानन्त्रण गरेका छौं । पाँच घरमा छाना हाल्ने र हाउस वयरिङ्को काम भैरहेको छ’ विपदबाट विस्थापितलाई पुर्नवास गराउन निजी आवास पुनर्निमाणमा जुटेका मोनाका दल शेरवुजाले भने, ‘कोरोना र निषेधज्ञाले गर्दा केही ढिला भएको छ । जेठ भित्र हामीले प्रतिवद्धता गरेका सवै ४० घरमा पहिरो पीडित स्थानन्त्रण हुन्छन ।’
त्यस्तै पहिरोबाट विस्थापित भएका पीडितलाई सुरक्षित स्थानमा एकिकृत वस्ती राख्न स्थानीय तहले पनि प्रयास गरेका छन । गतवर्षको मनसुनजन्य विपतबाट सवैभन्दा बढी प्रभावित धवलागिरी गाउँपालिका, ६ मराङमा पीडितलाई एकिकृत वस्तीमा राख्न पुर्ननिर्माण भैरहेको छ ।
मराङका सवै २३ परिवारलाई स्थानन्त्रण गर्न स्थानीय तथा सामाजिक संघ संस्थाबाट सहयोग जुटाएर ५० लाख ५० हजार खर्चेर राम्चेमा १६ रोपनी ६ आना र अस्कारेमा १२ रोपनी गरी २८ रोपनी ६ आना जग्गा खरिद गरी एकिकृत वस्ती बसालेको छ । १६ परिवारलाई अस्कारेमा र ७ परिवारलाई राम्चेमा पुर्नवास गराउन धमाधम निजी आवास पुर्ननिर्माण भैरहेको छ ।
‘पहिरोग्रस्त क्षेत्रमा पुन:वस्ती बसाउन नमिल्ने भएपछि तुलनात्मक सुरक्षित दुई ठाउँमा जग्गा खरिद गरेर प्लटिङपछि सडकले जोडेका छौं । खानेपानी र विधुतको तारपाले पुगेको छ’ वडाध्यक्ष राजाराम सुवेदीले भने, ‘अहिले यहाँ धमाधम निजी आवास पुर्ननिर्माण भैरहेको छ । एकिकृत वस्ती बसाउँदा जातिय क्लस्टर र पीडितहरुको रोजाई अनुसार खेतीपाती तथा पाईपलनलाई ख्याल पुर्‍याएका छौं ।’ वडाध्यक्ष सुवेदीले थपे, ‘पहिरो पुनर्वासकालागी एकिकृत वस्ती बसाउन स्वदेश तथा विदेशबाट पठाएको सहयोग रकम उपयोग भएको छ । गाउँपालिका/वडा कार्यालयले सडक, खानेपानी, विधुत, ढलको निर्माण गरेको ।’
त्यसैगरी गतवर्षको मनसुनजन्य विपतबाट अति प्रभावित मध्यको मालिका गाउँपालिका, ७ विममा पनि समुदायको सकृयतामा पहिरो पीडितलाई पर्नुवास गराईएको छ ।
त्यसकालागी विम मालिका संघ काठमाण्डौले पहिरोले घरविहीन भएका २२ परिवारलाई पुर्नवास गराउन धमाधम निजी आवास पुननिर्माण गरिरहेको छ । संघले छुट्टै घर बनाउन जग्गा जमिन नभएका १० परिवारलाई पुर्नवास गराउन २० लाख खर्चेर ५ रोपनी जग्गा खरिद गरेको छ । सोही जग्गामा मोनाले १० घर पुननिर्माणगरी पहिरो पीडितलाई हस्तान्त्रण गरेको हो ।
गत वर्षको मनसुनजन्य विपतमा परि धवलागिरीका १९ जना, मालिकामा ८ जना, रघुगंगामा ३ जना र अन्नपूर्णमा १ जनागरी ३१ जनाको मृत्यु भएको थियो । धौलागिरीमा २, मालिकामा २ र अन्नपूर्णमा १ जनागरी ५ जना बेवत्ता छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल