FLASH NEWS
  • Loading...

दैनिक वन भरी डढेलो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५६ पटक पढिएको
दैनिक वन भरी डढेलो

|fire@myagdi forest

लामो खडेरीसँगै जिल्लाका सामुदायीक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा डढेलो लाग्न थालेको छ । डिभिजन वन कार्यालयले वर्षेनी वन डढेलो नियन्त्रण गर्न विभिन्न शिर्षकमा लाखौं खर्च गर्ने गरेपनि डढेलो नियन्त्रणमा कुनै प्रभाव पारेको छैन ।

डिभिजन वन कार्यालयले वन डढेलो विरुद्ध प्रचार–प्रसार गर्न, डढेलो नियन्त्रण कार्यक्रम गर्न सामुदायीक वनलाई, अग्नी नियन्त्रणमा प्रभावकारी काम गर्ने सामुदायीक वन समुहलाई पुरस्कार, डढेलो नियन्त्रणमा खटिने ब्यक्तिहरुलाई खाजा तथा पानी खर्च र डढेलो लगाउने विरुद्ध मासिक भक्ता पाउने गरी सुराकी परिचालन गर्न लाखौ रुपैयाा खर्च गर्दै आएको छ । तर काम भने प्रभावकारी देखिएको छैन ।

गर्मीयाम सुरु भएसँगै देशभरका वनहरूमा आगलागी हुनेक्रम बढेको छ। वन विभागका अनुसार देशका ४९ जिल्लाका दुई सय भन्दा बढी वनमा आगलागी भइरहेको छ। विभाग अन्तर्गत वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार एउटै जिल्लामा १७ भन्दा बढी वनमा आगलागी भइरहेको छ।

विभागका अनुसार मकवानपुर, चितवन, सल्यान, उदयपुर, सुर्खेत, तेह्रथुम, बाँके, पर्सा, दाङ, डोटी, पाल्पा, खोटाङ, नवलपुर, जाजरकोट, म्याग्दी, रौतहट, धनकुटा लगायतका  जिल्लामा आगलागी बढी आगलागी भइरहेको छ। गत वर्षको तुलनामा यस वर्ष वनमा बढी डढेलो लाग्ने अनुमान वन विभागले गरेको छ।

म्याग्दीमा वन डढेलो मध्य सवैभन्दा ठूलो २०५० बैशाख १ गतेदेखी एक महिना १७ दिनसम्म ढोरपाटन सिकार आरक्षको म्याग्दी पट्टी लुलाङ्ग र गुर्जा गाविसको वन क्षेत्रमा लागेको थियो । यस वन डढेलोले झण्डै आठ सय हेक्टर वन नष्ट गरेकोले सुकेका रुखहरुको जंगल मात्र देख्न पाईन्छ । नयाँ विरुवा समेत उम्रेका छैनन । यही सुकेको जंगलमा ०६९ जेठमा पुन: भिषण डढेलो लाग्यो । १५ दिनसम्म लागेको डढेलो नियन्त्रण गर्न सेना परिचालन हुने प्रयास भएपनि दुर्गम पहाडी ईलाकामा ठूलो क्षेत्रफलमा फैलिएकोले सफल भएन । यो डढेलो आकासे झरी लागेपछि नियन्त्रणमा आएको थियो । त्यसैगरी ०४५ सालमा मुस्ताङ्गबाट हावाहुरीले ल्याएको आगोको लप्काले संसारकै सवै भन्दा ठूलो लालिगुराँसको जंगल अन्र्तगत म्याग्दीको शिख, हिस्तान, राम्चे र पर्वतको भुकदेउराली गाविसको ठूलो क्षेत्रफल वनमा डढेलो लागेको थियो ।


चट्याङ जस्ता प्राकृतिक प्रकोपबाट लाग्ने प्राकृतिक, सिकार गर्न वा राम्रो घाँस उम्रने लोभमा लगाईने मानवीय, असावधानीबाट फैलने आगो आकस्मिक, वन अपराध लुकाउन, वनपैदावरको लोभमा जानीजानी र संरक्षित क्षेत्रका वन्यजन्तु तथा वनलाई जोगाउन नियन्त्रित वन डढेलो लाग्छ । वन डढेलो लाग्ने विभिन्न कारण मध्य मौषम प्रमुख कारण हो । लामो खडेरीले वायुमण्डलको आद्रता सुस्क हुँदा सानो आगोको झिल्कोले पनि डढेलो वा आगोलागी हुन्छ । जति सुख्खा भयो त्यति नै दोब्बर ढंगमा डढेलो फैलन्छ ।

अमेरिकास्थित नासाको स्याटेलाइट मार्फत देशभर रहेका मुख्य वन तथा स्थानीय वडामा भएका वनमा लागेको डढेलो पहिचान गर्न थालिएको छ। इसिमोडसँगको प्राविधिक सहकार्यसँगै डढेलो पहिचानको काम थालिएको शर्माले जानकारी दिए। उनका अनुसार हरेक वर्ष आगलागीबाट करिब दुई लाख हेक्टर वन क्षेत्र नष्ट हुने गरेको छ।

उनले भने,‘पछिल्लो पाँच वर्षमा आगलागीबाट करिब १० लाख हेक्टर वनमा रहेका बोट विरुवाहरू नष्ट भएका छन्। क्षतिको तथ्यांक संकलन गरिएको छैन।’ मुलुक संघीय संरचनामा गएसँगै विभागका प्रशासनिक काम बाँडफाँड भएसँगै प्रदेश अन्तर्गत रहेका वन मन्त्रालयले क्षति विवरण राख्ने गरेको उनले जानकारी दिए। यस वर्ष डढेलो सुरुवाती भएसँगै जलेर दुई जनाको मृत्यु र १ जना घाइते भएको वन डढेलो पहिचान प्रणालीका प्रमुख तथा दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका संयोजक एवं वन तथा भूसंरक्षण विभागका अग्नि नियन्त्रण उपसचिव  सुन्दर शर्माले यो वर्ष वनमा अत्यधिक डढेलो लागेको बताए।

गत वर्ष कोरोना भाइरसको त्रासले मानिसहरूको चहलपहल कम भएको थियो। रुखबाट झरेका सुख्खा पातहरू व्यवस्थापन नभएकाले डढेलोको जोखिम रहेको विभागले जनाएको छ।यसपटक मानिसको चहलपहल बढी हुने र आगलागी सुरु भइसकेकोले जताततै डढेलो लाग्न थालेको छ।