- Loading...
गण्डकीमा आईतवार मात्रै थपिए ९७ जना संक्रमित
- पुनहिल डट कम
- ४ साल अघि
- १५९ पटक पढिएको

गण्डकी प्रदेशसमा आईतवार दिउँसो सम्म थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पाँच वटा फरक फरक बिज्ञप्तीमा उल्लेख भएअनुसार प्रदेशका सात जिल्लामा संक्रमित थपिएका हुन् । कास्किको पोखरा महानगरपालिकामा २८ जना, अन्नपूर्ण गाउँपालिकामा २ जना, पूर्वि नवलपरासिको गैँडाकोटमा १५ जना, देवचुलीमा ५ जना, मध्यबिन्दुमा २ जना र कावासोतीमा २ जनामा संक्रमण पुष्टि भएको हो ।
गोरखाको गोरखा नगरपालिकामा ३ जना, गण्डकीका ३ जना, पालुङ्टारमा २ जना, भीमसेन थापा गाउँपालिकामा १ जना, तनहुँको भानुमा १ जना, व्यासमा ८ जना, बन्दीपुरमा २ जना, शुक्ला गण्डकीमा ७ जनामा संक्रमण पुष्टि भएको छ । म्याग्दीको मंगला गाउँपालिकामा दुई जनामा कोरोना संक्रमण पुष्टी भएपछि गाउँपालिका कार्यालय सील गरिएको छ । जनप्रतिनिधी र अन्य कर्मचारीलाई कन्ट्रयाक ट्रेसिङमा राखिएको छ ।
लमजुको सुन्दरबजारमा ३ जना, राईनासमा १ जना र मध्येनेपालमा २ जना तथा स्याङ्जाको बालिङमा ४ जना र चापाकोटमा १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । बागलुङमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेराका ४८ बर्षिया पुरुष, वडा नं. ६ का ४७ र २८ बर्षिया महिलामा संक्रमण पुष्टि भएको हो । उनिहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् ।
त्यस्तै भारतबाट आई क्वारेन्टाईनमा रहेका बरेङ गाउँपालिका–३ का एक पुरुष र बागलुङ नगरपालिका–९ का ५७ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए । उनिहरुलाई आईसोलेसन लैजाने तयारी भैरहेको छ । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५हजार ७ सय ३० पुगेको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
