Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

बजारबाट स्यानिटाइजर किन्दा ध्यान दिनै पर्ने तीन कुरा

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १५१ पटक पढिएको
बजारबाट स्यानिटाइजर किन्दा ध्यान दिनै पर्ने तीन कुरा

कोरोनाभाइरस महामारी सुरु भएयता विश्वभरि यो रोगसँग जुध्न तीनवटा सामान्य विधि विश्व स्वास्थ्य सङ्गठन र धेरै देशका सरकारहरूले अघि सारिरहेका छन्।

नेपाल सरकारले पनि एसएमएस भनेर सामाजिक दूरी, मास्कको प्रयोग अनि बेलाबेला साबुन वा स्यानिटाइजरले हात सफा गर्न आह्वान गरिरहेको छ। व्यक्तिगत सरसफाइलाई कोरोनाभाइरसबाट जोगिने उत्तम उपाय मानिएको छ।

त्यसका लागि घरभित्र बस्दा साबुनपानीको प्रयोग बढी प्रभावकारी र किफायती मानिन्छ। तर बाहिर निस्किँदा साबुनपानी प्रयोग गर्न सम्भव नहुने हुँदा तत्काल हात सफा गर्न स्यानिटाइजर उचित मानिन्छ।

स्यानिटाइजर संक्रामक तत्वहरु ब्याक्टेरिया, भाइरसहरुको संख्या कम गर्न अथवा सम्पूर्ण रुपमा सखाप पार्नको निम्ति प्रयोग गर्ने गरिएको छ। कोरोनाको संक्रमणमा यस्को प्रयोगमा व्यापकता आएको छ।

धारणतया यो जेल, तरल, फिज र स्प्रेको रुपमा उपलब्ध छ। छालामा राम्रोसँग काम गर्ने हिसाबले जेललाई राम्रो मानिन्छ भने स्प्रेलाई सबैभन्दा घातक मानिन्छ। यस्को दुई वटा कारण छ। पहिलो हावामा घुल्ने भएको हुनाले श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा जान्छ। अल्कोहल अत्यन्त प्रज्वलनशील पदार्थ भएको हुनाले आगलागीका सम्भावना प्रबल रहन्छ।

स्यानिटाइजर कहिले पनि हातमा बाहेक शरीरको अन्य भागमा प्रयोग गर्नु हुँदैन। हातमा पनि नारीसम्मको भागमात्र हो।

बजारमा स्यानिटाइजर दुई प्रकारको पाउने गर्छ। अल्कोहल भएको अनि अल्कोहल नभएको। अल्कोहल भएको स्यानिटाइजरमा सकृय पदार्थको रुपमा इथानोल अथवा प्रोपानोल भन्ने पाउछ भने अल्कोहल नभएको स्यानिटाइजर (एनएबीएस) मा प्रायः गरेर बेन्जलकोनियम क्लोराइड (बिएके) भन्ने एक किसिमको लवण पाइन्छ जस्ले किटनासकको रुपमा काम गर्छ। एनएबीएस स्यानिटाइजर प्रज्वलनशील हुँदैन, कम मात्रामा प्रयोग हुने भएको हुनाले बच्चाहरुको प्रयोगको लागि उपयुक्त मानिन्छ।

एबीएसमा कहिलेकाही मिथानोल नामको हानिकारक र विषाक्त पदार्थ (जुन एक प्रकारको अल्कोहल नै हो) राखेर बनाइएको हुन सक्छ। त्यस कारण स्यानिटाइजर किन्ने बेलामा जहिले पनि केके राखेर बनाइएको छ हेरेर मात्र किन्नु पर्दछ।

एबीएसले राम्रोसँग काम गर्नको लागि अल्कोहलको मात्रा जहिले पनि इथानोल ६०% भन्दा माथि र प्रोपानोल ७०% भन्दा माथि हुनु पर्दछ। त्यसै गरेर एनएबीएस मध्य बिएकेको मात्रा ०.१% हुनु पर्दछ। राम्रोसँग काम गर्नको लागि हातमा फोहोर अथवा धुलो लागेको हुनु हुँदैन। स्यानिटाइजरले राम्रोसँग काम गर्नको लागि जहिले पनि करिब २-३ मिलीलिटर हातमा लिएर करिब २५-३० सेकेण्डसम्म लगाउनु पर्दछ।

स्यानिटाइजरमा भएको पदार्थले भाइरसको प्रोटिनको पत्रलाई पगालेर निस्कृय बनाउने काम गर्दछ। ६०% भन्दा कम मात्रामा भएको स्यानिटाइजरले भाइरसलाई निस्कृय बनाउन सक्दैन। एबीएस बाफ बनेर उडेर जाने हुनाले धेरै पटक लगाउन पर्ने हुनसक्छ तर एनएबीएस हातमा लामो समयसम्म संसर्गमा रहने हुनाले धेरै पटक प्रयोग गर्न नपर्ने हुनसक्छ।

हाम्रो छालाको स्वास्थ्य राम्रो राख्नको लागि चाहिने सहयोगी ब्याक्टेरियाहरु करोडौँको संख्यामा उपस्थित हुन्छन्। स्यानिटाइजरको प्रयोग चहिनेभन्दा बढी मात्रामा प्रयोग गरेमा छालाको लागि सहयोगी र हानिकारक दुवै किसिमका ब्याक्टेरिया मार्ने काम हुन्छ अनि छालामा अन्य स्थानका हानिकारक ब्याक्टेरिया विस्तारै जम्मा हुन जानाले छालाको अरु संक्रमण हुनसक्ने सम्भावना रहन्छ।

त्यस्तै स्यानिटाइजरको प्रयोगले छाला सुख्खा हुनसक्छ। स्यानिटाइजर किन्ने बेलामा ग्लिसिरिन मिसाएको किन्दा राम्रो हुन्छ। कहिलेकाही मिथानोल प्रयोग भएको स्यानिटाइजर प्रयोग भएको खण्डमा आँखा रातो हुने, बान्ता हुने, खोकी लाग्ने, पेट दुख्ने हुनुका साथै अति विषम् परिस्थितिमा आँखाको नसामा असर परी अन्धो पनि हुनसक्ने अथवा ज्याननै जानसक्छ।

प्राय गरेर एबीएस नै प्रयोग भएको हुनाले अल्कोहलको मात्रा ६०% भएकोले शरीरमा असर पुराउछ भन्ने भ्रम रहेको छ। शरीरमा कुनै पनि पदार्थले असर पुर्याउनको लागि त्यो पदार्थ कम्तिमा पनि श्वासप्रश्वास मार्फत, छाला मार्फत अथवा खाना मार्फत रगतमा पुग्नुपर्ने हुन्छ। रगतमा अल्कोहलको मात्रा २००-५०० मिली ग्राम प्रती एक लिटर रगतमा उपस्थित भएको खण्डमा धर्मराउने समस्या देखिन्छ भने ५००-१००० मिली ग्राम प्रति एक लिटर रगतमा उपस्थित भएको खण्डमा सोच्ने शक्तिमा कमी आउने कुरा अनुसन्धानले देखाएको छ।

अहिलेसम्मको अनुसन्धान र प्रयोगको हिसाबले साबन पानीले २०-३० सेकेण्डसम्म मिचीमिची हात धुने बिधिनै उत्कृष्ट र प्रभावकारी मानिन्छ। स्यानिटाइजरको अत्यावश्यक अवस्था अथवा हात धुने व्यवस्था नभएको खण्डमा मात्र प्रयोग गर्न उचित हुन्छ। घरभित्रै बसेको अवस्थामा साबुन पानीकै प्रयोग गरौ जस्को कारण स्यानिटाइजरको पनि कम प्रयोग हुन्छ अनि भाइरसबाट पनि असरदार तरिकाले जोगिन पनि सकिन्छ।

कसरी चिन्ने उपयुक्त स्यानिटाइजर?

यसबारे नेपालमा कुनै विस्तृत अनुसन्धान त भएको छैन तर मुख्य नियामक निकाय औषधि व्यवस्था विभागले गर्दै आएको निरीक्षण अनुगमनमा कतिपय स्यानिटाइजर गुणस्तरहीन हुनसक्ने पाइएको छ।

“यो महामारी सुरु भएपछि चैत ९ गते हामीले स्यानिटाइजरको गुणस्तरसम्बन्धी मापदण्ड बनायौँ र त्यसबमोजिम बजार अनुगमन गर्दै आएका छौँ। केही समयअगाडि १५० वटा नमुनामा परीक्षण गर्दा ३० वटा जति फेल पनि भएका पायौँ। त्यसैले सचेत भएर यसको प्रयोग गर्न जरुरी देखिन्छ,” विभागका महानिर्देशक नारायण ढकालले बताए।

उनले खासगरी तीनवटा विषयमा ध्यान दिएर मात्र स्यानिटाइजर किन्न सुझाव दिएका छन्:

  • अल्कोहलको मात्रा: कुनै पनि स्यानिटाइजर किन्दा त्यसको लेबल हेरेर त्यसमा अल्कोहलको मात्रा ७०-८० प्रतिशत भएको खण्डमा मात्र किन्नुपर्छ
  • दर्ता: नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता भए वा नभएको पहिल्याउनुपर्छ
  • रङ्गरूप: झट्ट हेर्दा खेरि नै त्यसमा अन्य मिसावट भए वा नभएको निर्क्योल गर्नुपर्छ
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल