- Loading...
कोरोना कहर विच म्याग्दीमा डेंगुको पनि त्रास
- पुनहिल डट कम
- ४ साल अघि
- ३१५ पटक पढिएको

कोरना भाईरस (कोभिड–१९) संक्रमणको त्रासका विच म्याग्दीमा चार जना डेंगु संक्रमित थपिएका छन ।
शनिवार टाउको दुख्ने, ज्वारो आउने र जोर्नी दुख्ने भएपछि उपचारकालागी बेनी अस्पताल आएका अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङका ३३ बर्षिय पुरुष, सोही गापा, ६ पोखरेवगरकी ३३ बर्षिया महिला, रघुगंगा गापा, २ भगवतीका ६० बर्षिय पुरुष र बेनी नगरपालिका, ५ पुलाचौरकी २२ बर्षिया महिलामा डेंगु संक्रमण पुष्टी भएको हो । यीमध्य अन्नपूर्ण गापा, ४ का पुरुष र बेनपा, ५ की महिलामा स्क्रावटाईफस समेत देखिएको बेनी अस्पतालले जनाएको छ ।
बेनी अस्पतालका अनुसार गत माघ महिनायता हिमाली जिल्ला म्याग्दीमा ३७ जनामा डेंगु भाईरसको संक्रमण पुष्टी भएको हो । सोही अवधिमा १२ जनामा स्क्रावटाईफस पनि देखिएको छ । एडिस जातको लामखुट्टेको टोकाईबाट फैलिने डेंगु भाईरस सहरसँगै गा्रामिण भेगमा पनि उत्तिकै देखिएको छ ।
‘डेंगु तिब्र गतिमा बढेको देखिएको छ । सदरमुकाममा भन्दाबढी गाउँमा डेंगु भाईरस संक्रमण फैलिएको छ’ बेनी अस्पतालका सुचना अधिकारी प्रकाश शर्माले भने, ‘ग्रामिण भेगमा डेंगुको सचेतना कम देखिएको छ । खासगरी मोटर बाटोको विस्तारसँगै वढ्दो बजारीकरण भेगको क्षेत्रमा गाडीका टायरको असुरक्षित ब्यवस्थापन डेंगुको मुख्य चुनौति देखिएका छन ।’

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
