- Loading...
कोरोना कहर विच म्याग्दीमा डेंगुको पनि त्रास

- पुनहिल डट कम
- ५ साल अघि
- ४४७ पटक पढिएको
कोरना भाईरस (कोभिड–१९) संक्रमणको त्रासका विच म्याग्दीमा चार जना डेंगु संक्रमित थपिएका छन ।
शनिवार टाउको दुख्ने, ज्वारो आउने र जोर्नी दुख्ने भएपछि उपचारकालागी बेनी अस्पताल आएका अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङका ३३ बर्षिय पुरुष, सोही गापा, ६ पोखरेवगरकी ३३ बर्षिया महिला, रघुगंगा गापा, २ भगवतीका ६० बर्षिय पुरुष र बेनी नगरपालिका, ५ पुलाचौरकी २२ बर्षिया महिलामा डेंगु संक्रमण पुष्टी भएको हो । यीमध्य अन्नपूर्ण गापा, ४ का पुरुष र बेनपा, ५ की महिलामा स्क्रावटाईफस समेत देखिएको बेनी अस्पतालले जनाएको छ ।
बेनी अस्पतालका अनुसार गत माघ महिनायता हिमाली जिल्ला म्याग्दीमा ३७ जनामा डेंगु भाईरसको संक्रमण पुष्टी भएको हो । सोही अवधिमा १२ जनामा स्क्रावटाईफस पनि देखिएको छ । एडिस जातको लामखुट्टेको टोकाईबाट फैलिने डेंगु भाईरस सहरसँगै गा्रामिण भेगमा पनि उत्तिकै देखिएको छ ।
‘डेंगु तिब्र गतिमा बढेको देखिएको छ । सदरमुकाममा भन्दाबढी गाउँमा डेंगु भाईरस संक्रमण फैलिएको छ’ बेनी अस्पतालका सुचना अधिकारी प्रकाश शर्माले भने, ‘ग्रामिण भेगमा डेंगुको सचेतना कम देखिएको छ । खासगरी मोटर बाटोको विस्तारसँगै वढ्दो बजारीकरण भेगको क्षेत्रमा गाडीका टायरको असुरक्षित ब्यवस्थापन डेंगुको मुख्य चुनौति देखिएका छन ।’

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

































