Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

प्रधानमन्त्री ओली र नरेन्द्र मोदीबीच ११ मिनेट फोनवार्ता

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६० पटक पढिएको
प्रधानमन्त्री ओली र नरेन्द्र मोदीबीच ११ मिनेट फोनवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ।  भारतको ७४औँ स्वतन्त्रता दिवसको दिन आज प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग ११ मिनेट फोनवार्ता गरेका परराष्ट्र मन्त्रालय स्रोतले बतायो।

उनीहरूबीच कोरोना रोकथाम र नियन्त्रणका लागि आ–आफ्नो देशले गरेका कामका विषयमा अनुभव आदाप्रदान भएको छ। कोरोना नियन्त्रणमा मिलेर जाने विषयमा ओली र मोदीबीच कुराकानी भएको परराष्ट्रले जनाएको छ। भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिए। मिर्गौला प्रत्यारोपणपछिको स्वास्थ्यकाबारे मोदीले चासो देखाएका थिए।

सम्वादलाई निरन्तरता दिने विषयमा समेत उनीहरूबीच समझदारी भएको छ। कुराकानीमा भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्यालाई समेत मिलाएर अघि बढ्नुपर्ने संकेत गरेका थिए। यसअघि प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि भारतीय प्रधानमन्त्री मोदी र त्यहाँका जनतालाई बधाई तथा शुभकामना दिएका थिए। 

दुई देशबीच सीमाको विषयमा विवाद उत्पन्न भएपछि लामो समय प्रधानमन्त्री तहमा कुराकानी हुन सकेको थिएन। भारतले नेपाली भूमि लिपुलेक–लिम्पियाधुरा जोड्ने सडक बनाएपछि प्रधानमन्त्री तहको सम्वाद भएको थिएन। नेपालले कूटनीतिक नोटमार्फत् आपत्ति जनाएपनि भारतले यसको जवाफ दिएन। पछि नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत मिचिएको आफ्नो भूमि समेटेर राजनीतिक र प्रशासनिक नक्शा जारी गरेको थियो। https://www.dekhapadhi.com/news/21359

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल