FLASH NEWS
  • Loading...

लकडाउनमा मालिका गाउँपालिकाले घरदैलो बाँड्यो सामाजिक सुरक्षा भत्ता

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १५३ पटक पढिएको
लकडाउनमा मालिका गाउँपालिकाले घरदैलो बाँड्यो सामाजिक सुरक्षा भत्ता

कोरना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न दुई महिनाबढी समयदेखी जारी लकडाउनको कारण सेवाग्राही वैंकसम्म पुग्न नसक्ने भएपछि यहाँको मालिका गाउँपालिकाले घरदैलो पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
जेष्ठ नागरिक, अपाङ्ग, एकलमहिला समेत सेवाग्राही सेवा कार्यालयसम्म पुग्न नसक्ने अवस्था नभएपछि गाउँपालिकाले घरदैलो पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । यातायात साधन नचलेको र रकम वितरण गर्ने जिम्मेवारी पाएका वैंकहरु समेत सवै वार नखुल्दा चैत पहिलो सातामै पाउनु पर्ने दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता पाउन रोकिएका थिए ।

‘विशेष परिस्थितीका नागरिकहरु लकडाउनले गर्दा अझ समस्यामा परेका थिए । फागुन अन्तिम/चैत महिलो सातासम्म हातमा पर्नु पर्ने सामाजिक सुरक्षा भत्ता जेठ पहिलोहप्ता सम्म वितरण नभएपछि घरदैलो गरी वितरण गरेका हौं’ मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले भने, ‘सवै वडाका वडाध्यक्ष, वडासचिवको रोहवरमाा तोकिएको बैंकका कर्मचारी जेठ दोस्रो हप्ता सेवाग्राहीको घरदैलो पुगेर भत्ता वितरण गरिएको हो ।’
गाउँपालिका कार्यालयका अनुसार जेष्ठ नागरिक १ हजार ७८ जना, दलित जेष्ठ नागरिक ४ सय ३६ जना, एकल महिला १ सय ५२ जना, श्रीमान गुमाएका एकल महिला ३ सय ३१ जना, पूर्ण अपाङ्ग १८ जना, आंशिक अपाङ्ग ९१ जना र दलित बालिबालिका ८ सय २५ जना समेत २ हजार ९ सय ३८ जनाको सामाजिक सुरक्षा भत्ता वापत २ करोड २० लाख रुपैयाँ घरदैलोमा पुगेर वितरण गरिएको हो । यस गापामा गरिमा विकास वैंक र प्रभु वैंकले सामाजिक सुरक्षा वितरणको जिम्मेवारी लिएका छन ।
‘सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर वितरण गर्दा सेवाग्राहीलाई सजिलो मात्र भएन विश्वभर महामारीको रुपमा फैलिएको कोरना भाईरस संक्रमणको जोखिम समेत कम भएको छ’ मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य विश्वकर्माले भने, ‘लकडाउनका कारण एक वस्तीदेखी अर्को वस्ती आवत–जावत गर्न समेत रोक लगाईउकोले सेवाग्राहीलाई भत्ता लिन अर्को कठिनाई थियो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल