Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

म्याग्दीका १९ जना आईसोलेसनमा

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १९२ पटक पढिएको
म्याग्दीका १९ जना आईसोलेसनमा

विश्वभर महामारीको रुपमा फैलिएको कोरना भाईरस संक्रमणको संख्या नेपालमा बढ्दै बाग्लुङ्गमा पाँचौं कोरना संक्रमित भेटिएपछि छिमेकी जिल्ला म्याग्दीमा पनि त्रास थप बढेको छ ।
नेपालमा पत्ता लागेका पाँचै जना कोरना भाईरस संक्रमित विदेशबाट आएका देखिएपछि पछिल्लो १५ दिन यता विदेशबाट घर फर्केकाहरुको खोजी र पहिचान गरी बेनीमा स्थापना गरिएको आईसोलेसन केन्द्रमा राखिएको हो ।
स्थानीय तहले संकलन गरेको तथ्याङ्ढ अनुसार विदेशबाट पछिल्लो १५ दिनयता घर फर्केका १ सय १० जनालाई होम क्वारेन्टाईनमा मात्र राख्नु बढी जोखिम हुने ठहरगरी सदरमुकामकै आईसोलेसनमा राखिएको हो । चैत १५ गतसाँझ आईसोलेसन केन्द्रमा पस्दासम्म सवैको श्वास्थ्य अवस्था सामान्य छ ।
‘विदेशबाट फर्केपछि स्वास्थ्य अवस्था ठिक भए होम क्वारेन्टाईनमा बस्न भनेका थियौं तर विदेशबाट फर्केकाहरुमा कोरना संक्रमणको जोखिमबढी रह्यो त्यसैले सवैलाई अनिवार्य आईसोलेसनमा राख्ने निर्णय गरेका हौं’ प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले भने, ‘पहिलो दिन आफै आईसोलेसनमा आउन अनिश्छुकलाई आईतवार प्रहरी घरमै पुगेर ल्याउने तयारीमा छौं ।’
सदरमुकामको बेनी अस्पतालमा समेत जिल्लाका सवै ६ स्थानीय तहमा एक–एक वटा क्वारेन्टाईन सेन्टर स्थापना गरिएको छ । त्यसैगरी कोरना संक्रमणको लक्षण देखिएका विरामीलाई राख्न मालिका गाउँपालिकाको दरवाङ्ग र सदरमुकाम बेनीका ६–६ बेड क्षमताको विशेष आईसोलेसन कक्ष स्थापना गरिएको छ ।
क्वारेन्टाईनमा राखिएका ब्यक्तिमा कोरना भाईरस संक्रमणको लक्षण देखिएको खण्डमा आईसोलेसन पठाउने, आईसोलेसनमा विरामीको स्वाव परिक्षणमा पठाउने र कोभिड–१९ पुष्टि भएमो वेनी अस्पतालमा रहेको क्वारेन्टाईनमा ३ दिन राख्ने, स्वास्थ्यमा सुधार नभए पोखरा रिफर गर्ने सिस्टम मिलाईएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।
लक डाउनको कारण दैनिक ज्यालादारी मजदुरको दैनिक जीवनमा प्रभाव अध्ययनगरी खाद्यान्न सहयोग गर्न जिल्ला समवन्यय समितिको नेतृत्वमा खाद्यान्न ब्यवस्थापन कोष स्थापना गरिएको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालयले जिल्लामा अझै १ महिनालाई पुग्ने खाद्यान्न, एलपी ग्याँस, पेट्रोलियम पदार्थ  स्टक रहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल