FLASH NEWS
  • Loading...

अरुणा शाहीलाई न्यु डाईमण्ड रोज्नु -‘पारिवारिक माहोल’

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४४८ पटक पढिएको
अरुणा शाहीलाई न्यु डाईमण्ड रोज्नु -‘पारिवारिक माहोल’

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही पछिल्लो समय न्यु डाईमण्ड स्पोर्ट्स क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आईरहेकी छिन् ।

घरेलु टिम गण्डकी प्रदेशले सहभागिता नजनाएको अधिकांस प्रतियोगितामा अरुणाले न्यु डाईमण्डबाट खेल्ने गर्छिन । पुस अन्तिम साता आयोजना भएको होग्वान्जी न्यु डाईमण्ड कप भलिबलमा अरुणाले न्यु डाईमण्डबाट खेलेकी थिइन् । आयोजक न्यु डाईमण्ड उपविजेता बनेको थियो ।

अहिले चलिरहेको पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पनि अरुणाले न्यु डाईमण्डको जर्सी लगाएकी छिन् । राष्ट्रिय टिमका सेटर समेत रहेकी अरुणा घरेलु प्रतियोगितामा किन न्यु डाईमण्ड रोज्ने गर्छिन त ?

न्यु डाईमण्ड रोज्नु अरुणाको खास कारण छैन । तर, राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी टिममा हुनु र टिमको पारिवारिक माहोलले नै अरुणालाई न्यु डाईमण्डले आकर्षित गर्यो ।

‘डाईमण्डबाट खेल्दा धेरै खुशी छु,’ अरुणा भन्छिन्, ‘यहाँको माहोल पारिवारिक भएकाले खेल्न सहज पनि भएको छ ।’

अरुणा आरबीबी कपमा गण्डकी प्रदेशबाट खेल्ने योजनामा थिइन् । तर, टिमले सहभागीता नजनाएपछि डाईमण्डबाट खेलेकी हुन् ।

गण्डकी प्रदेशले सहभागिता जनाएको प्रतियोगितामा भने आफुले न्यु डाईमण्डबाट नखेल्ने उनको भनाई छ ।

‘अबको प्रतियोगितामा गण्डकी प्रदेशले सहभागिता जनाउने भयो भने त्यहीबाट खेल्छु किनकि उतैबाट जन्मिएको खेलाडी हुँ । खेल्नु नै पर्छ तर आएन भने डाईमण्डबाटै खेल्छु,’ अरुणा भन्छिन् ।

अरुणाले डाईमण्डमा साना उमेरका खेलाडीहरु भएपनि उनीहरुसँग खेलको धेरै अनुभव भएकाले जुनियरसँग खेलेको जस्तो महसुस नहुने समेत बताईन् । यस्तै, अरुणाले घरेलु टिमबाट भन्दा अर्काे टिमबाट खेल्दा दबाब हुने बताईन् ।

‘आफ्नो क्लबबाट खेल्दा दबाब धेरै हुँदैन तर अर्काे क्लबबाट खेल्दा अलिकति भएपनि दबाब हुन्छ,’ उनले भनिन्, ‘किनकि बिग्रियो भने मलाई भन्ने होकि भन्ने सोच आउछ ।’

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र