Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

विदेशी सेना फिर्ता गराएर नेपाली भूमि फिर्ता लिन्छौंः प्रधानमन्त्री ओली

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १८३ पटक पढिएको
विदेशी सेना फिर्ता गराएर नेपाली भूमि फिर्ता लिन्छौंः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अतिक्रमित भूमि कालापानीबाट भारतीय सेना फिर्ता गराएर भूमि फिर्ता लिने बताएका छन्।

राष्ट्रिय युवा संघ नेपालको एकता भेलालाई सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले भने, “यो सरकारले आफ्नो एक इन्च पनि भूमि कसैलाई मिच्न दिन्न। फिर्ता लिन्छ। हामीलाई पनि अरू कसैको एक इन्च जमीन चाहिँदैन।”

भारतले अघिल्लो शताब्दीमै कालापानीको सीमा अतिक्रमण गरी त्यहाँ सेना राखेको भए पनि केही समूहले भारतले अहिले त्यहाँ सेना राखेको र त्यसलाई रोक्न नसकेको भने जस्तो गरी सरकारको आलोचना गरिरहेको बताए।

“कतिपयले आफूलाई हिरो देखाउन, शूरविर देखाउन उच्छृङ्खल गतिविधि गरिराखेका छन्। त्यसो गर्नुहुन्न”, प्रधानमन्त्री ओलीले भने, “उच्छृङ्खलताबाट केही प्राप्त हुन सक्दैन। हामी संवादका माध्यमबाट सीमा समस्या समाधान गर्न चाहन्छौं।”

अहिलेको सरकार संवाद गर्न नसक्ने सरकार होइन भन्दै उनले भने, “यो सरकारले संवादबाटै हाम्रो भूमिबाट विदेशी सेना हटाउँछ, मिचिएको भूमि फिर्ता लिन्छ।”

भारतले नयाँ राजनीतिक नक्शा सार्वजनिक गर्दा उसले पहिलेदेखि अतिक्रमण गरिराखेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेपछि देशव्यापी विरोध प्रदर्शन भइरहेका छन्। युवा, विद्यार्थी र राजनीतिक दलहरूले सीमा रक्षा गर्न माग गरेको त्यस्तो विरोधले सरकारलाई बल पुगेको प्रधानमन्त्री ओलीले बताए।

नेपाललेसमेत ती अतिक्रमित भूमि समेटेर नयाँ नक्शा सार्वजनिक गर्न माग भइरहेको प्रसंगमा प्रधानमन्त्री ओलीले भने, “नक्शा त प्रेसमा छापे भइहाल्छ, त्यसैले नक्शा छाप्ने मात्र कुरा होइन, मुख्य कुरा अतिक्रमित भूमि फिर्ता ल्याउने हो। त्यो काम यो सरकारले गर्छ।”

दुनियाँमा शान्ति स्थापनाका लागि  सेना पठाएर भूमिका खेलिरहेको बताउँदै उनले नेपालले शान्ति चाहेको बताए,  “हामी शान्ति चाहन्छौं। हाम्रा छिमेकीलाई पनि आग्रह छ, सेना फिर्ता लैजानुहोस्।”

“केही वर्ष अघिसम्म देशमा राष्ट्रिय हितको पक्षमा बोल्ने सरकार भइदिएको भए हुन्थ्यो भन्ने मृगतृष्णा थियो,” प्रधानमन्त्री ओलीले भने, “आज स्वाधिनता, राष्ट्रिय हित र भौगोलिक अखण्डताको पक्षमा उभिने सरकार छ।”

हालै शक्ति राष्ट्रका राष्ट्रप्रमुखको नेपाल भ्रमण सफल बनाएको बताउँदै उनले नेपाल अन्तर्राष्ट्रिय मञ्चमा सुनिन थालेको तथा महत्व बढेको दावी गरे। युवा संघको एकता भेलामा आफू बसेकै ठाउँबाट करीब एक घण्टा बोलेका प्रधानमन्त्री ओलीले गतवर्ष पार्टी एकीकरण घोषणापछि आजसम्म थुप्रै काम भएको बताए।

एकीकरणलाई अन्तिम रूप दिन केही ढिलाइ भएको स्वीकार्दै प्रधानमन्त्री ओलीले युवा संघको एकताबाट नयाँ उचाइ प्राप्त भएको बताए। दुई किसिमले सरकारको विरोध भइरहेको प्रधानमन्त्री ओलीको दावी थियो। वैचारिक पूर्वाग्रहका कारण सरकारले राम्रो काम गर्दा पनि विरोध भइरहेको उनले बताए। “आफूले केही पाइनँ भन्ने आत्मकेन्द्रीत स्वार्थका कारण विरोध गर्नेहरू पनि छन्”, उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल