- Loading...
जीप दुर्घटनामा १३ घाईते, गर्भवती गम्भीर
- पुनहिल डट कम
- ६ साल अघि
- ४५७ पटक पढिएको

सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका, २ भतवती तर्फ जाँदै गरेको ग १ ज ५८९९ नम्बरको बोलेरो जीप रगुगंगा गापा, ३ पिप्लेको गलेश्वरपारी उकालोमा सडकबाट तल खस्दा गर्भवती महिला सहित जीपमा सवार १३ यात्रु घाईते भएका छन ।
दुर्घटनामा गम्भीर घाईते रघुगंगा गापा, ३ पिप्लेकी सरस्वती (काली) दमिनी (३७) लाई थप उपचारकालागी हेलिकोप्टरबाट पोखरा रिफर गरिएको छ । परियारको अन्दाजी ३५ हप्ताको गर्भ रहेको अस्पतालले जनाएको छ ।
‘घाईतेमध्य एक महिलाको करङहरु भाँचिएर फोक्सोमा गाडिएको र छाती भित्र रक्तश्राप भैरहेकोले अवस्था गम्भीर छ’ बेनी अस्पतालका डा. नवराज बास्ताकोटीले भने, ‘गम्भीर घाईते महिलाको भिडियो एक्सरे हेदाए उनी ३२ देखी ३५ हप्ताको गर्भवती हुन ।’
दुर्घटनामापरि जललजा गापा, मल्लाज पर्वतकी सृजना जिसी (२२) उनका एक बर्षिय छोरा आभान, बेनी नगरपालिका, ८ की दुर्गा पौडेल, रघुगंगा गापा, २ भतवतीका कर्णबहादुर कार्की (५६), आरोसी घर्ती १५), डिलबहादुर सार्की (५३), सम्झना भण्डारी (२९), गोविन्द शर्मा, रघुगंगा गापा, ३ पिप्लेका राजकुमारी मल्ल (३१), सजनी मल्ल (३), सरोज बस्याल (१५) र चालक गोपी परियार रहेको अस्पतालले जनाएको छ ।
‘दुर्घटनाको कारण खुलेको छैन । उकालो र चिप्लो सडकमा गाडीले लोड थेग्न नसकेको वा ब्रेक फेल भएको अनुमान गरेका छौं । चालक घाईते रहेकोले सोधपुछ गर्न बाँकी छ’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरीनिरिक्षक लोकबहादुर गुरुङले भने, ‘जीप सडकदेखी करिव एक सय मिटर तल झरेर रुखमा अल्झेको छ ।’

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
