- Loading...
चिसोले खानेपानी पाईपमै जम्यो
- पुनहिल डट कम
- ६ साल अघि
- ३३५ पटक पढिएको

अझै हिउ∕ परेको छैन । दिनमा घाम लागेपनि मौषम चिसो छ । अधिक चिसोले खानेपानी पाईपमै जमेको छ । शौचालयमा प्यानमा पानी जमेपछि तातोपानी खन्याएर शौच बस्नु पर्ने बाध्यता छ ।
अधिक चिसोले पाईपमा पानी जमेपछि ३ हजार २ सय १० मिटर उचाईमा अवस्थित पर्यटकीय वस्ती पुनहिल तथा घोडेपानीमा खानेपानी वितरण अवरुद्ध भएको छ । खानेपानीको मुहान ओसिलो ठाउ∕मा छ । ओसिलो ठाउ∕मा भएकोले खानेपानी पाईपमा नै जम्छ । दिनमा स्थानीयले पाईप झिकेर घाममा सुकाएर पानी लगाउ∕छन, रातभरमा फेरी पानी जम्छ ।
पर्यटन ब्यवसायी टेकसर बुद्धुजाका अनुसार घोडेपानीका कम्तीमा ३० वटा पर्यटक होटल, रेष्टुरेन्टहरुमा वितरण गरिएको खानेपानी अधिक चिसोले पाईप भित्र जमेपछि अवरुद्ध भएको हो ।
पुनहिल, घोडेपानीमा मात्र होईन ३ हजार ६ सय मिटर अग्लो खोप्रा र ३ हजार ३ सय ३३ मिटर माथी अवस्थित महरे डा∕डामा पनि अधिक चिसोले खानेपानी मात्र होईन, चर्पीको पानी जमेको हो ।
घोडेपानीको देउरालीमा वितरण गर्न २ किलोमिटर परको दरी मुहानबाट ल्याईएको खानेपानीको मुख्य पाईमा प्रायः घाम नपर्ने क्षेत्रमा पर्ने भएकोले बर्षेनी चिसो सिजनमा पाईपमा पानी जम्ने समस्या आउने गरेको छ ।
Ôवितरण लाईनको मात्र होईन मुख्य लाईनकै पाईपमा पानी जम्छ । चिसोले पाईपमा पानी जमेपछि घोडेपानीमा खानेपानी आपूर्ति वन्द छ । पर्यटक=पाहुनालाई समेत पानी पु¥याउन झन समस्या भएको छÕ पर्यटन ब्यवसायी टेकसेर बुद्धुजाले भने, Ôस∕धै पानी पु¥याउन टाढाको मुहानबाट पानी ल्यायौं, हिउ∕दमा सास्ती हुन्छ । मुहान ओसेपमा भएकोले घाम लाग्दापनि हत्तपत्त पग्लदैन ।Õ
घाम समेत नपर्ने जंगलभित्र रहेको मुहानमै पानी जम्दै तल घरका ट्याड्ढीसम्मको पानी जम्ने गरेको छ । मुहानदेखी रिर्जव ट्याêीसम्मको मेन पाईपमा पानी जम्ने र पाईप फुट्ने समस्या देखिएको छ । रिजर्व ट्याêीदेखी घरघर पु¥याइएको वितरण पाईपमा पानीको मात्रा र बहाव कम हु∕दा चिसोले पुरै जम्ने गर्छ ।
Ôमुहानमै पानी जम्छ र दिनमा घाम लाग्दा गाउ∕ले मिलेर पाईप झिकेर घाममा सुकाई र टक्टक्याएर पाईप भित्रको आईस झारी पानी सप्लाई गर्ने गरेका छौंÕ अर्का ब्यवसायी शुशिल पुनले भने, Ôहिउ∕दका तीन महिना वर्षेनी यस्तै समस्या हुन्छ । विकल्पमा अर्को मुहानको पानी ल्याएका छौं तर यो अपुग भएकोले आलोपालो गरी पानी भर्ने गर्छौं ।Õ
खानेपानी आपूर्ति बन्द भएकोले गाग्री र जर्किन बोकेर नजिका मुहानबाट पानी ल्याउने गरेका छन । दिनमा घाम लागेको क्ष्ँेत्रमा पाईपको पानी पग्लने तर ओसेप क्ष्ँेत्रको पाईपमा जमेको पानी नपग्लने भएकोले प्रेसर थेग्न नसकी फुट्ने गरेको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
