Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

बेनीबाट लागुऔषधका भरिया पक्राउ

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५५८ पटक पढिएको
बेनीबाट लागुऔषधका भरिया पक्राउ

भारयित सीमावर्ती सुनौली नाका हुँदै सदरमुकाम बेनी भित्राईएको लागुऔषध (डाईजापाम, फेनोरागन) सहित एक कारोवारी÷भरियालाई प्रहरीले कालीपुल वसपार्कबाट पक्राउ परेको छ ।

प्लास्टिक झोलामा लुकाई बोकेको २४ एम्पुल डाईजापाम -diazepam_ इन्जेक्सन, फेनोगान -phenergan_ इन्जेक्सन २४ एम्पुल, नुर्फिन २४ एम्पुलसहित कटारी नगरपालिका, १० उदयपुरका २४ बर्षिय आर्यन कार्की पक्राउ परेका हुन । प्रहरीले लागुऔषध कारोवारी÷भरिया कार्कीलाई जिल्ला अदालतबाट १० दिनको म्याद थपगरी अनुसान्धान सुरु गरेको जनाएको छ । कारोवारी/भरिया यातायात मजदुर हुन ।

‘सानो सहरमा बरामदे लागुऔषधको परिणाम ठूलो हो । काठमाण्डौ र भैरहवा रुटबाट लागुऔषध ओसारपसार हुने गरेको तथ्य छ’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामप्रसाद पाण्डेले भने, ‘पक्राउ परेका युवा लागुऔषध चिनेका कारोवारी÷भरिया हुन । थप अनुसन्धान भैरहेको छ ।’

प्रहरीले कालीपुल बसपार्कबाट ०७३ बैशाख, ०७४ फागुन र ०७५ पुसगरी उही रुटबाट भित्रिएको एकै नाम गरेका र करिव उत्तिकै मात्रामा लागुऔषध बरामद गरेको छ । र सवै कारोवारी/भरिया सवै यातायात मजदुर छन । सदरमुकाम बेनीसमेत लागुऔषध प्रयोगकर्ता किसोर–किसोरीको संख्या बढेको प्रहरीले दावी गरेको छ । तर पक्राउ परेका लागुऔषधका कारोवारी/भरियाहरु कोही पनि दोषी करार भएका छैनन ।

जिल्लामा लागुऔषध सेवनकर्ता बढ्दै गएका छन । सदरमुकामसमेत सहरी क्षेत्रमा ब्राउनसुगर, इन्जेक्सनबाट लागुऔषध सेवनकर्ता बढी छन । सहरी क्षेत्रमा मात्र होईन जिल्लाका अधिकांश ग्रामिण क्षेत्रका विद्यालय तहमा समेत चरेस र गाँजा जस्ता नसालु पदार्थ सेवन गर्ने बढेका छन । विद्यालय तहको कलिलो उमेरमा मदिरा सेवन गर्नु त समान्य जस्तै भएको छ ।

आफु विरामी भएको बाहानामा बाबुआमालाई लागुपदार्थको रुपमा प्रयोग हुने औषधीको किन्न पसलमा पठाउने र खरिद गर्ने गरेको समेत भेटिएको प्रहरीले जनाएको छ । निरक्षर बाजेबजै वा बाबुआमा अज्ञानताबस छोराछोरीको हातमा घरमै लागुपदार्थ पुग्ने गरेको प्रहरीले दावी गरेको छ । प्रहरीका अनुसार स्कुले उमेरका किसोरकिसोरीले लागुपदार्थको रुपमा प्रयोग गर्ने औषधी किन्न बृद्धी तथा अनपढ आमाबाबुलाई प्रयोग गर्ने गरेका छन । डाक्टरको प्रिस्क्रिप्सन र विरामीको अभिलेख विना प्रयोग गर्न नपाईने डाईजीपाम, क्लोनाजीपाम, अल्प्राजोलाम जस्ता औषधी गिरोहहरुले विद्यालय, क्याम्पसका विद्यार्थीसम्म पुर्‍याएका छन ।

लागुऔषधका दुब्र्यसनी पक्रेर ल्यायो, सम्झायो, बुझायो, अभिभावक बोलाएर बुझायो र समस्या फेरी उस्तै’ प्रहरी नायवउपरिक्षक वीरबहादुर बुढाले भने, ‘दुब्यसन छुट्छकी भने ओम कुमारी शान्ति विश्वविद्यालयबाट प्रशिक्षक बोलाएर ध्यान गराउने, योगा सिकाउने पनि गर्‍यौं ।’

प्रहरीका अनुसार यो बर्ष सदरमुकाममा सिरिन्जबाट नसा लिने दुब्र्यसनीको संख्या देखिन थालेको छ । औषधीको दुरुपयोग गर्नेबाहेक ब्राउण्ड सुगर, चसेर, गाँजा सेवनकर्ता पनि उल्लेख्य छ । कहिले काहीं यस्ता दुर्वसनी पक्राउ पर्ने भए

पनि तस्करसम्म पुग्न प्रहरी अक्षम छ । श्रोतका अनुसार जिल्लाको पश्चिम दरवाङ्ग र उत्तरको दाना क्षेत्रबाट गाँजाचरेस पोखरा, काठमाण्डौ तथा बुटवलतर्फ निकासी हुन्छ । भने बुटवलबाट ब्राउनसुगर, कोकिन र अन्य लागुऔषध जिल्लामा भित्रने गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल