FLASH NEWS
  • Loading...

पोखराको रुपातालले बेनी जोगाउने

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३५८ पटक पढिएको
पोखराको रुपातालले बेनी जोगाउने

पुनहिल–  गण्डकी प्रदेश मुकाम पोखरा स्थित रुपाताल एकिकृत परियोजनाले म्याग्दी सदरमुकाम बेनी बजारको पनि संरक्षण गर्ने भएको छ ।

जोखिमयुक्त जिल्ला सदरमुकाम बेनी संरक्षण कार्यक्रम हेर्ने गण्डकी प्रदेशमा अर्को निकाय नभएपछि पोखरा स्थित रुपाताल संरक्षण एकिकृत परियोजनाको जिम्मा लगाईएको हो । बेनी बचाउ जिम्मेवारी पाएको रुपाताल संरक्षण परियोजना कार्यस्थलमा परिचालित भै सरोकारवालासँसंग अन्र्तक्रिया गरेको छ । परियोजनाले यस अघि बेनी बचाउन लगाईएको आरसिरी ढलानयुक्त तटवन्धको डिजाईनमा रिभ्यू गर्ने जनाएको छ ।

‘अलपत्र परेको सदरमुकाम वचावट कार्यक्रम उप्रान्त रुपाताल संरक्षण परियोजनाले हेर्ने पक्का भएको छ’ बेनी नगरपालिका, ७ बेनीका वडाध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘स्थलगत अध्यइनमा आएको परियोजनाका प्राविधिकहरुलाई गत भदौ २७ गते कालीगण्डकीमा आएको बाढीले बेनी बचावट गर्न लगाईएको पक्की तटवन्ध बगाएकोले परियोजनासँग डिजाईनलाई रिभ्यु गर्न सुझाएका छौं ।’

जोखिमयुक्त सदरमुकाम मध्यको बेनी बचावट गर्न लगाइएको पक्की तटवन्ध कालीगण्डकीले बगाएपछि छानविन गर्न आएको जलश्रोत तथा सिंचाई विभागका इन्जियिरको टोलीमा नदीमा ठूलोबाढी आएकोले तटवन्ध बगेको बताएको छ । तटवन्ध भत्कनुमा प्राविधिक वा निर्माण कुन पक्षको त्रुटीले थियो नखुलाई बचाउ गरिएको छ ।

कालीगण्डकी र म्याग्दी नदीमा आउने बाढीको उच्च जोखिमयुक्त जिल्ला सदरमुकाम संरक्षण गर्न लगाईएको झण्डै दुई सय २३ मिटर लामो आरसिसी तटवन्ध गत भदौ २७ गतेको बाढीले बगाएको हो ।

‘हामीले अनुमान गरे भन्दा ठूलो डेव्रिजसहितको बाढी आएकोले तटवन्धले थेग्न नसक्दा ढलेको हो’ योजनाको मुख्य नियमनकारी जिम्मेवार पाएको साविकको जलउत्पन्न प्रकोप सव डिभिजन प्रमुख खगेन्द्र भट्टचनले भने, ‘कसैको गल्तीले वा डिजाईन फेल भन्दा नदीमा डेब्रिजको फलो बढी भएको देखिन्छ ।’

कालीगण्डकी नदीमा ठूलो बाढी आउने भएकोले नै सदरमुकाम जोखिममा परेको हो अनि संरक्षण गर्न सामान्य ग्याभिनले नथेग्ने भएकोले पक्की आरसिसी वालसहितको तटवन्ध लगाईएको भन्ने प्रतिवेदनले विर्सेको छ । प्रतिवेदन पारदर्शी नभएको स्थानीयको बुझाई छ ।

‘बाढीमा डेब्रिज बग्छ, ठूलठूला ढुङ्गामुढा पनि बगाएर ल्याउँछ । प्रतिवेदनले ठेकदार र नियमनकारी निकायका प्राविधिकको संरक्षण देखियो’ बेनी बचाउ अभियानका अगुवा तथा नेकपाका जिल्ला नेता हरीकृष्ण श्रेष्ठले भने, ‘एउटै बर्खाको एक दिनको बाढीको झोक्काले बगाउने कस्तो बहुउदेश्यीय तटवन्ध हो ? गल्ती गर्नेलाई सँजाय त कता हो कता उल्टो बेनी बचाउ कार्यक्रम नै अलपत्र परेको छ ।’

बाढीको जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउ कार्यक्रम अन्र्तगत निर्माण सुरु गरिएको पक्की आरसिसी तटवन्ध निर्माण कार्यक्रम अलपत्र छ । तटवन्ध निर्माण प्रकृयामा जिम्मेवार रहेको जलउत्पन्न प्रकोप सव डिभिजन कार्यालय समायोजन भै प्रदेश सरकार मातहत परेपछि कार्यालय सिंचाई कार्यालयमा गाभिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल